मिथिलामा मानवअधिकार समुह गठन

धनुषा । २०७९ पुस १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मधेश प्रदेशद्धारा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, बाल अधिकार तथा सामाजिक न्याय र वातावरणीय अधिकारका सवालमा परियोजना सञ्चालनका लागि मिथिला नगरपालिकामा पुस १६ गते मानव अधिकार समूह गठन गरिएको छ । मोहन कुमार महतोको अध्यक्षतामा कार्यक्रममा २१ सदस्यीय मानवअधिकार समुह गठन गरिएको छ । समुहको उपाध्यक्षमा सुशिला सुवेदी, सचिवमा नरेश कुमार महतो, सह सचिवमा देवी सुनुवार र कोषाध्यक्ष विणा कडारी चयन हुनुभएको छ । सदस्यहरुमा विजय साह, अरुण कुमार महतो, अनिता परियार, केशवराज चौहान, रामदयाल महतो, रामउदगार महतो, आनन्द कुमार महतो, पशुपति महतो, कल्पना कडारी, श्रीनारायण महतो, दिवेश कुमार महतो, विजयकुमार सिंह, मनोज कुमार महतो, श्रीराम यादव, सुनिता लोहनी विक र परमेश्वर महतो चयन हुनुभएको इन्सेक धनुषा कार्यक्रम सहजकर्ता अनिता यादवले बताउनुभयो । समूह गठन कार्यक्रममा मधेश प्रदेशका संयोजक राजु पासवानले मानव अधिकारमैत्री समाज निर्माणका लागि इन्सेकले परियोजना सञ्चालन गरेको बताउनु भयो । उहाँले आगामी तीन वर्षसम्म सञ्चालन हुने परियोजनाले गाउँपालिकाभित्र शिक्षा, स्वास्थ्य र वातावरणीय सवालमा विषयवस्तु उठान गर्ने र तिनको सम्बोधन स्थानीय सरकारले गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा मिथिला नपा–१ का अध्यक्ष जोगी महतोले नागरिकको मौलिक अधिकारको प्रत्याभुति दिलाउन र नगरपालिकाबाट प्रवाह हुने शिक्षा, स्वास्थ्य, खाद्य र अधिकारको सवालमा मिथिला नगरपालिका अग्रसर रहेको बताउनुभयो । उहाँले नगरपालिकामा इन्सेकले गठन गरेको मानवअधिकार समुहले जनताले पाउने सेवा सुविधा र सुधार गर्नुपर्ने आवश्यक्ता महसुस भए सल्लाह र सुझाव दिन आग्रह गर्दै गठित समुहका पदाधिकारी र सदस्यहरुलाई हार्दिक बधाई दिदै जनताहरुको हक हितका लागि अग्रसरता देखाउन आग्रह गर्नुभयो ।

दिपेन्द्र प्रसाद सिंह