




कैलाली । २०७७ कात्तिक २८ गते
मानव अधिकार रक्षकहरूले संविधानप्रदत मौलिक अधिकार कार्यान्वयन नभएको गुनासो गरेका छन् । जिल्ला मानव अधिकार रक्षक सञ्जाल कैलालीले कात्तिक २७ गते आयोजना गरेको जिल्लाको मानव अधिकार रक्षकको अवस्था र सवाल विषयका फलो अप बैठकमा कैलालीका मानव अधिकार रक्षकहरूले संविधानप्रदत मौलिक अधिकार कार्यान्वयन नभएपछि नागरिकहरूले स्वास्थ्य उपचारका लागि सङ्घसंस्थाको भर पर्नु पर्ने गुनासो गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले कोभिड–१९को माहामारीले मानव अधिकार रक्षकहरूको वर्तमान अवस्था र काम गर्ने दौरानमा आइपरेका समस्या, अप्ठ्यारा र चुनौतीमा राष्ट्रिय मानव अधिकार आयोग र अन्य संस्थाहरूसँग समन्वय गरी राज्यलाई दबाब दिनु पर्ने बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख झङ्कर रावलले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नागरिकको मौलिकहकलाई अनुभूति गराउनका लागि तीन तहकै सरकारले वैधानिक अधिकार कार्यान्वयन गरी नागरिकप्रति जबाफदेही हुनु पर्ने बताउनु भयो ।
मैनामोती चौधरी