युवा नेतृत्व क्षमता विकास तालिम सुरू

सुर्खेत । २०७७ मङ्सिर ४ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत र नोरेक एक्सचेञ्जको आयोजनामा दुई दिने युवा नेतृत्व क्षमता विकास तालिम मङ्सिर ४ गते वीरेन्द्रनगरमा सुरू भएको छ । तालिममा गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसीले समाज परिवर्तनमा युवाहरूको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले युवाहरूको बीचमा मानव अधिकारको सैद्धान्तिक ज्ञानको बारेमा जानकारी दिई सभ्य समाज निमार्णमा युवाहरूलाई समर्पित नगराएसम्म मुलुकको समग्र विकास नहुने बताउनु भयो । तालिममा मानव अधिकार संरक्षणमा युवाको भुमिका, नेतृत्वको अभ्यास तथा सिद्धान्त, मानव अधिकारको परिचय तथा सिद्धान्त, प्रभावकारी सञ्चार र सहकार्यात्मक सञ्जाल तथा पैरवीका विषय समेटिएका थिए । तालिममा वीरेन्द्रनगर नगरपालिकाका २० जना युवाहरूको सहभागिता रहेको छ ।

दुर्गा थापा