यूपीआरको चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा परामर्श बैठक
काठमाडौँ । २०८१ असोज ११ गते
विश्वव्यवापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा असोज ११ गते काठमाडौँमा परामर्श बैठक सम्पन्न गरिएको छ । यूपीआरको चौथो चक्रको समीक्षा गैर सरकारी संस्थाहरुले सन् २०२५ को जुनमा प्रतिवेदन शुक्रबार सम्पन्न भएको हो ।
इन्सेकले गुड सेफर इन्टरनेशनल फाउण्डेशन नेपालको सहयोगमा यूपीआरका लागि गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकले आयोजना गरेको परामर्श बैठकमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपालको रिपोर्टिङको क्रमलाई सहजीकरण गर्नुपर्ने र यो अवधिका मानव अधिकारका मुल मुद्दामा केन्द्रीत भइ काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा अधिवक्ता कपिल अर्यालले दण्डहीनता, कानुनको शासन, सङ्क्रमणकालीन न्याय, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारलगायत मानव अधिकारका विविध सवालमा प्रतिवेदनको तयारी गरिएको बताउनु भयो ।
यसअघिका समीक्षाहरुमा प्राप्त सुझावहरुको कार्यान्वयनबारे अपडेटड अवस्था, चौथो चरणको समीक्षाको मूल प्रतिवेदनको खाका, प्रतिवेदनमा समावेश गरिनुपर्ने सवालका बारेमा अधिवक्ता अर्यालको प्रस्तुती थियो ।
चौथो चरणको समीक्षाअन्तर्गत सन् २०२६ को जनवरीमा नेपालको समीक्षा हुनेछ । उक्त समीक्षामा नेपालको सम्पूर्ण मानव अधिकारको समीक्षाका साथै तेस्रो विश्वव्यापी आवधिक समीक्षापछि कार्यदलले दिएको सुझावहरूको कार्यान्वयनको अवस्थाका बारेमा पनि समीक्षा गरिनेछ ।
विश्वव्यापी समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जालको सचिवालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रतिवेदनको मस्यौदा तयार गरिरहेको छ । नेपालको मानव अधिकारको अवस्थाका सन्दर्भमा यूपीआरमा सन् २०११, २०१५ र २०२१ मा संयुक्त राष्ट्रसङ्घमा समीक्षा भइसकेको छ ।
पार्वती साउद