राष्ट्रिय रोटरी माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

मकवानपुर । २०८० असोज १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-७ स्थित राष्ट्रिय रोटरी माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ ०८० असोज १७ गते हस्तान्तरण गरेको छ । इन्सेकद्वारा विद्यालयमा गठन गरेको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नेको लागि कोष रकम सहयोग गरेको जिल्ला सहजकर्ता सलिना गौतमले बताउनु भयो ।

राष्ट्रिय रोटरी माविका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेलले इन्सेकले दिएको रकमबाट विद्याथीले विद्यालयमा अतिरित क्रियाकलाप सञ्चालन गर्ने बताउनु भयो । उहाँले प्राप्त सहयोग सही सदुपयोग र सञ्चानल हुने विश्वास व्यक्त गर्नुभयो । कोषबाट वार्षिक कार्ययोजना अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने समूहका कोषाध्यक्ष विशेष थापाले बताउनु भयो

पुष्पराज अधिकारी