लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम
सुर्खेत । २०८० साउन ५ गते
इन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतको समन्वयमा साउन ५ गते वीरेन्द्रनगर नपा–९ पातलगंगा गाउँमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष क्रषि गिरीले समाजमा लागु औषधको समस्या ठुलो भएको बताउँदै यस्ता सचेतना मुलक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो । वडा कार्यालयले आगामी दिनमा यस्ता सचेतना मुलक कार्यक्रम गर्नका लागि योजना बनाउने उहाँले प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतका इन्स्पेक्टर मिलन पाण्डेले लागु औषधको विकास तथा उत्पती, यस विषयमा कानूनमा के छ ? यसका असर, प्रयोग गर्ने संभावित कारण, यसबाट कसरी बच्ने, नागरिकको भूमिका के हुन्छ लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा इन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले समाजमा फैलिदै गएको लागु औषध दुव्र्यसनीका कारण थुप्रै घटना भइरहेको बताउँदै यसको रोकथामका लागि सबै लाग्नुपर्ने सुझाव दिनु भयो । सबैले असल नागरिकको भूमिका निर्वाह गर्नुपर्ने बताउँदै संयोजक सुवेदीले सभ्य र मानव अधिकार संस्कृतिको समाज बनाउने जिम्मेवारी सबैको भएकोमा जोड दिनु भयो । परियोजना संयोजक किरण पौडेलले संचालन गरेको कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानुन संकायका विद्यार्थी, यूवा, अभिभावक, समुदायका अगुवा लगायत करिब ६० जनाको सहभागिता रहेको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत