लुम्बिनी प्रदेश स्तरीय सम्मेलन सम्पन्न
बाँके । २०७९ भदौ २४ गते
डिसीएको सहयोग तथा फेडो र इन्सेक नेपालगञ्जको आयोजनामा जातीय छुवाछुत र लैङ्गिक हिंसा अन्तका लागि निर्वाचित दलित महिला जन प्रतिनिधिहरूको भूमिका विषयक प्रदेश स्तरीय सम्मेलन भदौ २४ गते नेपालगञ्जमा सम्पननभएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य पार्वती पुन गहतराजले प्रत्येक निर्वाचित दलित जनप्रतिनिधिहरुरूले आफ्नो भूमिका थाहा पाउनु पर्ने र त्यसलाई पुरा गर्न तदारुकताको साथलाग्नु पर्ने बताउनु भयो । उहाँले हालको अधिकार प्राप्त गर्न लामो आन्दोलन गर्नु परेको र त्यसको जगेर्नाको लागि सबै एक भएर लाग्नु पर्ने बताउदै अधिकारको कुरा भाषणमा मात्र नभइ व्यवहारमा उतार्नु पर्ने बताउनु भयो ।
दलित महिला संघ केन्द्रिय अध्यक्ष कला स्वर्णकारलेसबै पार्टी भित्र महिला उपस्थितीको अवस्था, निर्वाचनमा महिला प्रतिनिधि सिफारिसको अवस्था निकै कमजोर रहेको, आर्थिक अवस्था देखाएर दलित महिलाहरूलाई हतोत्साहीत पार्ने गरिएको बताउनु भयो । निर्वाचनमा सङघ र प्रदेशमा महिलाहरूको उपस्थिती सक्रिय र अर्थपूर्ण बनाउनको लागि खवरदारी गर्नु पर्ने उहाँको धारणा रहेको थियो । स्वर्णकारले समानुपातिक मात्र नभइ प्रत्यक्ष निर्वाचनमा पनि दलित महिलाहरूलाई अवसर दिनु पर्ने कुरामा जोड दिनु भयो । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रसान्त विष्टले कार्यक्रममा लैंगिक तथा जातीय विभेद अन्त्य गर्नको लागि प्रतिवद्ध रहेको धारणा राख्नु भयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षापतीले महिला हिंसा तथा जातीय विभेद अन्त्य गर्नको लागि स्थानीय तहका न्यायिक समितीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक दलितहरूको अधिकार सङ्रक्षण र प्रबद्र्धनको लागि सङ्घीय सङ्रचना अपरिहार्य रहेको कुरामा जोड दिनु भयो । इन्सेक लम्बिनी प्रदेश संयोजक भोला महतले जातीय तथा लैङ्गिक हिंसा अन्त्य गर्न एकतावद्धभई अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो । राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका रमेश रावतले जातीय तथा लैङ्गिक हिंसाका विषयमा प्राथमिकताका साथ काम गर्दै आइरहेको बताउनु भयो ।
लक्ष्मी थारू