लेकवेशीमा समस्या पहिचान तथा कार्ययोजना निर्माण

सुर्खेत । २०७८ भदौ ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह  लेकवेशीको समन्वयमा शिक्षास्वास्थ्यखाद्यर आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ  २९ गते लेकवेशी नगरपालिकामा  सम्पन्न भएको छ  । कार्यक्रममा मानव अधिकार समूह र सरोकारवाहरूबिचको समस्या पहिचान कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरूको पहिचान गरी समाधान गर्न  सहयोग गर्ने निर्णय गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर तत्काल विद्यालयहरूमा सञ्चालन गरिनुपर्नेप्रयाप्त खानेपानीको  व्यवस्था नभएकोसामुदायिक विद्यालयले विभिन्न नाममा विद्यार्थीबाट शुल्क उठाएको स्वास्थ्य चौकीमा निःशुल्क पाउनुपर्ने औषधि नपाइने जस्ता समस्या  पहिचान गरिएको मानव अधिकार समूह  लेकवेशीका अध्यक्ष निरूकुमारी थापाले बताउनु भयो ।

यस्तै खरका छाना विस्थापन गर्ने कार्यक्रम प्रभावकारी कार्यान्वयन नभएकोकृषकको बाहुल्यता रहेको नगरमा कृषिमा वजेट न्यून रहेकोमलबीउ पहुँचको आधारमा वितरण हुने गरेकोकोभिड१९ को खोप केन्द्र सहज बनाउनु पर्ने विषयलाई समाधान गर्न मानव अधिकार समूहले पहल गर्नु पर्ने निर्णय भएको मानव अधिकार समूहकी सचिव मेनका रानाले जानकारी दिनुभयो ।

खाद्यको अधिकार अन्तर्गत सुरक्षित र पोषण युक्त खानेकुराको प्रत्याभूति हुन नसकेकोबजारमा अनुगमन नहुँदा म्याद गुज्रिएको सामग्री बिक्री वितरण भइरहेको जस्ता समस्या कार्यक्रममा पहिचान गरिएको थियो । कृषि समबन्धी वजेट कम भएको लेकवेशी नगरपालिकामा खाद्य अधिकार ऐन बनाउन पहल गर्नेखाद्य ऐन तथा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न  योजना बनाएको सहजकर्ता विनदुलाल रेग्मीले  बताउनु भयो ।

विनोद लम्साल