लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको दिप प्रज्ज्वलन गर्दै स्वागत

धादिङ । २०८० मङ्सि ९ गते

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको धादिङमा दिप प्रज्ज्वलन गरी ०८० मङ्सिर ८ गते साँझ स्वागत गरिएको छ । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति र यस अन्तर्गतका नीलकण्ठ नगरपालिका, इन्सेक, सहयात्री समाज, महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल, फोकस नेपाल लगायतका संस्थाहरूको आयोजनामा धादिङबेसीस्थित एमाले चोकमा दिप प्रज्ज्वलन गरिएको हो । दिप प्रज्ज्वलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विक, जिल्ला प्रहरी कार्यालयका एसपि गौतम मिश्र, नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषेतम सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।

   

उक्त दिप प्रज्ज्वलन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले महिला हिंसा विरुद्धको अभियान जनस्तरमा जागरुकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताउनु भयो । महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसा लगायतका घटना छिटोछरितो तरिकाले कारबाही हुने गरी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले उल्लेख गर्नुभयो । अभियानको १६ दिन नै विभिन्न सचेतनामूलक कार्यक्रम गरि मनाइने सो अवसरमा जानकारी दिइएको छ ।

सीताराम अधिकारी