वर्तमान अवस्थामा मानव अधिकार रक्षकका सवाल विषयक कार्यशाला सम्पन्न
कैलाली । २०७७ असोज १७ गते
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना,राष्टिङय मानव अधिकार आयोग, धनगढीको समन्वय र डिसीएको आर्थिक सहयोगमा वर्तमान अवस्थामा मानव अधिकार रक्षकका सवालहरु विषयक कार्यशाला गोष्ठी तथा मानव अधिकार रक्षकहरुको भेला असोज १७ गते धनगढीमा सम्पन्न भएको छ ।
कार्यशाल गोष्ठी तथा मानव अधिकार रक्षक भेलामा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख झंकरबहादुर रावलले मानव अधिकार रक्षकहरुको अधिकार संरक्षण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्टिङ संयन्त्रहरु र मानव अधिकार रक्षकहरुको दायित्व, संरक्षण र आचार संहिता निर्देशिका तथा अन्र्तराष्ट्रिय दस्तावेजका सम्बन्धमा प्रस्तृति गर्नु भएको थियो ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकारको सवालमा राज्यलाई जवाफदेही बनाउने र नागरिकका अधिकार सुनिश्चितताका लागि मानव अधिकारको क्षेत्रमा अग्रपङ्ंत्तिमा रहेर काम गर्ने मानव अधिकार रक्षकहरुले काम गर्दा विभिन्न प्रकारका समस्या तथा चुनौतीहरुको सामना गर्नु परेकोले मानव अधिकार रक्षकहरुको अधिकार संक्षरण संम्बद्र्धनका लागि छलफल गर्न यो कार्यशाला गोष्ठीको आयोजना गरेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत दयाराम पाठकले मानव अधिकार रक्षकहरु बिदेशी डलर खाने तथा सुबिधा सम्पन्न संस्था भन्ने बुझाईको अन्त्य नभएसम्म पनि मानव अधिकार रक्षकहरुलाई काम गर्न निकै चुनौती भएको बताउनु भयो ।
कञ्चनपुर पुनर्वास नगरपासिलकाका मानव अधिकार समुहका संयोजक परशुराम बिश्वकर्माले मानव अधिकार समुहले कुनै कार्यक्रम गर्दा जनप्रतिनिधिहरुले नआइदिने र भत्ताको अपेक्षा गर्ने हुँदा काम गर्न असज भएको बताउनु भयो ।
बैतडी जिल्ला मानव अधिकार रक्षक सञ्जालका सदस्य नरी बडुले कुनै घटनामा काम गर्दा राजनीतिक दवाब आउने गरेको र निर्माण भएका कानुनहरुको तीन ओटै सरकारहरुले कार्यन्वयनमा ध्यायन दिन नसकेको बताउनु भयो ।
कैलाली जिल्ला मानव अधिकार रक्षक सञ्जालकी सदस्य गिता चौधरीले महिला हिंसाको उजुरी गर्न जाँदा संस्थाले उस्काएर ल्याएको भनेर आरोप लाग्ने गरेको र पहुँच भएकाहरुबाट नै मानव अधिकार रक्षकहरुलाई दवाब आउने गरेको बताउनु भयो ।
गैरीगंगा नगरपालिका मानव अधिकार समुहका संयोजक कृष्ण खडकाले समुदायस्तरमा चेतनाको अभाव रहेका कारण समुदायले पनि मानव अधिकार समुहलाई सहयोग नगरेको अवस्थामा काम गर्न चुनौती रहेको बताउनु भयो ।
मानव अधिकार रक्षक सञ्जाल सुदूरपश्चिम प्रदेश संयोजक टंकप्रसाद ढुङ्गानाले कोभिड १९ को महामारीको अवस्थामा महिला हिंसा तथा अन्य अपराधिक घटनामा बृद्धि भएको र राज्य पक्षले कुनै पहलकदमी नगरेको बताउँदै प्रत्येक जिल्लामा फरकफरक मानव अधिकारका सवाल हुँने हुनाले मानव अधिकार रक्षकहरुबीच समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
कार्यशालामा सुदूपश्चिम प्रदेशका नौ ओटै जिल्लाका मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधिहरुबाट आएका सवाल र सुझाव अनुसार नौ बुँदे मागसहितको ज्ञापन पत्र तयार गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश मानव अधिकार सञ्जालका सयोजक टंकप्रसाद ढुङ्गानाले बताउनु भयो ।
मैनामोती चौधरी