वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
कञ्चनपुर । २०७९ चैत २१ गते
लालझाडी गाउँपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकारसम्बन्धी कार्यशाला गोष्ठी चैत २० गते सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका सहयोगमा लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समुहले सो कार्यशाला गोष्ठीको आयोजना गरेको हो । कार्यशाला गोष्ठीमा मानव अधिकार समुह लालझाडीका सचिव धुर्बराज रानाले लालझाडी गाउँपालिकाको कञ्ज बजारमा रहेका कपाल काट्ने शैलुन तथा मासुुपसलहरुले कपाल र कुखुराका भुत्लाहरु जथाभाबि खुल्ला रुपमा फाल्ने गरेकाले हावाले उडाएर मानव स्वास्थ्यमा नकारात्मक प्रभाब पारिरहेकोले बजार क्षेत्रमा डस्बीनको व्यावस्थापन गर्न गाउँपालिकासँग माग गर्नु भयो । उहाँले तरकारीहरुमा प्रयोग भइरहेको बिषादि तथा अन्नबाली भण्डारण गर्दा प्रयोग गरिने बिषादीले दैनिक रुपमा उपभोक्ताहरुले मन्द बिष सेवन गरिरहेकोले बिषादि नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । लालझाडी गाउँपालिकाको विपद् व्यावस्थापन संयोजक हेमराज उपाध्यायले गाउँपालिकामा हालसम्म पनि विपद् व्यावस्थापन शाखा स्थापना नभएकोले आफूले दैनिक रुपमा सम्पादन गरीने काम, कर्तब्य र अधिकार समेत नहुँदा अन्योलता भएको बताउनु भयो । उहाँले गाउँपालिका क्षेत्रमा स्थापना भएका उद्योग, कलकारखाना कै नजिक नागरिकहरुले आवास निर्माण गर्ने गरेका कारण समस्या उत्पन्न भइरहेको बताउनु भयो । भानु माविका शिक्षक टेकराज जोशीले वातावरण संरक्षणसम्बन्धी विषय विद्यालयको पाठ्यक्रम मै व्यावस्था गरेर पठनपाठन गराएर बालबालिकाहरुमा ब्यावहारीक ज्ञान दिलाउनु पर्ने बताउनु भयो । उहाँले फोहोरको रुपमा रहेको पदार्थलाई कम्पोष्टमल बनाउन सके फोहोरलाई मोहोरमा रुपान्तरण गर्न सकिने बताउनु भयो ।

स्थानीय जगदिश रानाले समुदायमा निर्माण भइरहेका सडकहरुमा माटो हालेर यातायातका साधनहरु सञ्चालन गर्ने तर निमार्ण गर्ने पक्षबाट ढुलोबाटोमा पानी नहाल्दा धुलो उडेर बिभिन्न रोगको सङ्क्रमण भइरहेको बताउनु भयो । उहाँले राना समुदायमा परम्परागत रुपमा पानीको धारा नजीकै खाल्डो खन्ने प्रचलनले गर्दा लामखुट्टेहरुले असंख्या मात्रामा फुलपारेर बिभिन्न रोगको सङ्क्रमण भइरहेकोले जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो । मानव अधिकार समुह लालझाडी गाउँपालिकाका अध्यक्ष सोमनाथ रानाले प्रत्येक नागरिकको घरबाट निस्कीने फोहोरहरुलाई कुहिने र नकुहिने फोहोरलाई छुट्याएर व्यावस्थापन गर्न सकेमात्रै वातावरणलाई स्वाच्छ बनाउन केहीहदसम्म सहयोग हुने भएकोले नागरिकहरुले अधिकार सँगसँगै नागरिक कर्तब्य पनि पालना गर्न आवश्यक रहेको भयो । कार्यक्रममा इन्सेक कंञ्चनपुर जिल्ला सहजकर्ता कैलाश पनेरुले राष्ट्रिय वातावरण नीति २०७६ प्रस्तुत गर्दै नीतिको कार्यान्वयनका लागि आग्रह गर्नु भएको थियो । यसैगरी लालझाडी गाउँपालिकास्तरीय मानव अधिकार समुहका अध्यक्ष सोमनाथ रानाले गाउँपालिकामा संघसस्था दर्ता गर्नका लागि कानुनी जटिलता भएकोले नीति निर्माण गरी सहज वातावराण निर्माणका लागि पहल गर्न गाउँपालिकाका अध्यक्ष निर्मल रानालाई चैत २० गते ज्ञापन पत्र बुझाउनु भएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले नेपालको संबिधान २०७२ र स्थानीय सरकार संञ्चालन ऐनको परिधि भित्र रहेर गाउँपालिकालाई सञ्चालन गर्न आवस्यक ऐन, कानुन तथा कार्यविधीहरु निर्माण गरेर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जाहेर गर्नु भएको छ । मानव अधिकार समुहका अध्यक्ष सोमनाथ रानाले बुझाएको पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष रानाले आगामी दिनमा गाउँपालिका क्षेत्रमा काम गर्न चाहाने सम्पुर्ण संघसंस्थाहरुलाई एकद्वार प्रणालीमार्फत परियोजना तथा कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नु भयो ।
लिली कुँवर
HUMAN RIGHTS NEWS PORTAL






