वातावरण अधिकार सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न
धनुषा । २०८० पुस ९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधाम, कायापल्ट, WWF, सेभ द चिल्ड्रेनको सहयोगमा ०८० पौष ६ गते मिथिला नगरपालिका-६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा वातावरण अधिकार सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । कार्यक्रमका इन्सेक मधेस प्रदेश कार्यालयका फाेकल पर्सन बरूण बस्यालले वातावरण विनाशको असर साझा विषय भएकोले मानव अधिकार रक्षकहरूले नीतिगत तहमा पैरवी गर्न आवश्यक रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय सन्धि सम्झौता, दिगो विकासका लक्ष्यलगायतका प्रतिबद्धतालाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्दै लैजान राज्य गम्भीर बन्नु पर्ने र सम्बन्धित सबैजना जिम्मेवार बन्नु पर्ने बस्यालले बताउनु भयो। श्री महेन्द्र माध्यमिक विद्यालयका संरक्षण शिक्षक नीर प्रसाद शर्माले वातावरणको संरक्षण, बचाउ र सुधार ल्याउन वर्तमान र भावी पुस्ताका लागि अनिवार्य र पहिलो शर्त भएको बताउनु भयो । वातावरण र विकासलाई सन्तुलित ढङ्गले अगाडि बढाए मात्र जीवन र पृथ्वीको सुरक्षा गर्न सकिन्छ उहाँले बताउनु भयाे ।
यश कार्यक्रम श्री महेन्द्र माध्यमिक विद्यालय र श्री जनता माध्यमिक विद्यालय नकटाझिज दुवै स्कुलका बाल अधिकार सचेतना समूहका सदस्यहरू सहभागी रहेको थियो । साेही अवसरमा कायापल्ट र इन्सेककाे साझेदारीमा वातावरण सम्बन्धि कचहरि बहस प्रदर्शन गरिएको थियो । उक्त कचहरि बहसमा पत्रकार फुल्गेन महत्ताे कार्यक्रम संचालन गरिएको थियो । यस कचहरि बहस कार्यक्रममा श्री जनता माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयका बाल अधिकार सचेतना समूहका सदस्यहरू सहभागि भएका थिए । बहस कार्यक्रममा मिथिला नगरपालिकाका मानव अधिकार समूहका सदस्य कल्पना कडारीले प्लाष्टिक प्रयोग निषेध गर्नुपर्ने, फोहोर गर्नेलाई सजाय दिनुपर्ने, वृक्षारोपण र वातावरण संरक्षण सम्बन्धि चेतनमूलक कार्यक्रम गर्नुपर्ने आवश्यक्ता रहेकाे बताउनुका साथै आगमि दिनमा यस्ता कार्यक्रम संचालन गर्नका लागि सदैव आफ्नो साथ र सहयोग रहने बताउनु भयो।
सन्तोष कुमार यादब