वार्षिक पूर्व समिक्षा कार्यक्रम सम्पन्न
प्यूठान ०७६ पुस ३ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानले आज नेपालकानवअधिकार वर्ष पूस्तक २०२० को जिल्ला स्तरीय पूर्व समिक्षा कार्यक्रम सम्पन गरेको छ ।
जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको समिक्षा कार्यक्रमा इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०१९ जनवरी देखि डिसेम्वर सम्म घटेका मानवअधिकार उलंघनका घटनाहरुको सरोकार वाल निकयाहरुको उपस्थीतिमा समिक्षा गरिएको हो । कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले इन्सेकले लामो समयदेखि प्रकाशन गदै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक पीडित र राज्यका लागि महत्व पुर्ण दस्तावेज तथा अधिलेखको रुपमा काम गदै आएको धाराण व्यक्त गनुभयो । जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बिगत देखि अहिले सम्म इन्सेक लागाएत नागरिक समाज सग प्रहरीले सहकार्य गदै आएको र इन्सेकले जिल्लाको मानवअधिकार उलंघनका घटनाहरुलाई यथात प्रस्तुत गरी पुस्तक प्रकाशन गर्ने कार्यले संस्था प्रतिको सवै सरोकारवाल तथा नागरिकहरुले संथा प्रति विश्वास गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै गैर सरकारी संथा माहासघका सचिव जुमानसिह केसीले मानव अधिकार को क्षेत्र ठुलो भएकोले इन्सेकले नागरिक तथा राजनीतिक क्षेत्र को मात्र अधिलेख नराखि सवै क्षेत्रका अभिलेख राख्दा अझै राम्रो हुने धाराण व्यत्त गनुभयो ।
समिक्षा कार्यक्रममा दुरव्यवहार को एक, सम्पत्ती क्षेती एक, जातिय भेदाभव तथा छुवाछुत दुई , बलात्कार पाच, यौन दुरव्यवहार पाच, गिरफतार छ, र घरेलु हिंसा का २० वटा गरी ४० वटा घटनाहरु इन्सेक जिल्ला प्रतिनिधिले प्रशतुत गनुभएको थियो ।
कार्यक्रमा जिल्लाका मानवअधिकार क्षेत्रमा काम गर्ने संघ संथा का प्रमुख तथा प्रतिनिधि र पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
रविन्द्र पाण्डे