विकासमा नागरिक समाज र पत्रकारको साझेदारी आवश्यक

सिन्धुली, ०७६ पुस ३ गते
जिल्लाका नागरिक समाज र पत्रकारहरुले विकासका काममा शुसासन र पारदर्शिताका लागि सक्रियता बढाउन आवश्यक रहेको बताएका छन । युएसएआईडिको आर्थिक तथा एफएचआई ३६० को प्राविधिक सहयोगमा इन्सेकले विहिबार सिन्धुलीमाढीमा आयोजना गरेको विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको अन्तक्र्रिया कार्यक्रममा सहभागिले त्यस्तो बताएका हुन ।
नागरिक समाज ः साझा जवाफदेहिता परियोजना अन्तर्गत गरिएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका केन्द्रीय सदस्य द्वारिका काफ्लेले नागरिक समाज र पत्रकारहरुको भूमिका विकासमा शुसासन कायम राख्न बढाउनुपर्ने बेला भएको बताए । उनले नागरिक समाजले सञ्चालन गर्ने राम्रा कामलाई उजागर गर्नु र आफु भित्र स्वनियमन, अन्तरिक सुशासनको अभ्यास, पारदर्शिता र जवाफदेहिता कायम राख्नु आजको आवश्यकता रहेको बताए ।
सुखी नेपाली, संमृद्ध नेपाल बनाउन नागरिक समाज, सञ्चार र सरकारको दायित्व भएको बताउँदै नागरिक समाजमाथि लाग्दै आएको आरोपलाई चिर्न पनि शुसासन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै गैह्रसरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष बेदराज दाहालले जिल्लामा निर्वाचित जनप्रतिनिधिहरुले समेत आफ्ना काम र सम्पत्ति विवरण सार्वजनिक गर्न नखोजेको बताउँदै नागरिक समाजले नै यसलाई सुरुवात गर्न आवश्यक रहेको बताए । उनले गैसस र पत्रकारिता क्षेत्रले व्यवस्था परिवर्तन गर्न, अधिकार स्थापित गर्न र समाज विकासका हरेक चरणमा योगदान दिएको भन्दै सरकार, नागरिक समाज, पत्रकारबीच हातेमालो आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदारले नागरिक समाज र पत्रकार राजनीति भन्दा बाहिर रहेर काम गर्न आवश्यक रहेको बताए । उनले नागरिक समाजलाई लाग्दै आएको आक्षेपलाई चिर्न पनि स्वतन्त्र रुपमा विकासका काम गर्नुपर्ने आवश्यकता रहेको बताए । यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापाले विकासे साझेदार निकायहरुलाई पारदर्शी र जवाफदेहि बनाउन सञ्चार क्षेत्र नागरिक समाजले निगरानी र पैरवी गर्न आवश्यक रहेकोे बताए ।
यस्तै लघु उद्यमी समूह संघ प्रदेश नं. ३ की अध्यक्ष तोतादेवी बोगटीले नागरिक संघसंस्था, तीन तहका सरकार र अन्य सरोकारवालाका सुशासनका विषयहरु सञ्चारजगतले खोज्न जरुरी छ । सिन्धुलीका वरिष्ठ पत्रकार शेषराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार यशोसियसनका प्रतिनिधि ध्रुव पहाडी, महिला मानवअधिकार रक्षक सञ्जाल सिन्धुलीका अध्यक्ष अप्सरा खड्का, सामुदायिक विकास कार्यक्रम सिन्धुलीका रामधन माझीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विकासमा नागरिक समाजको भूमिका र गर्नुपर्ने सुधार, नागरिक समाजको छवी सुधारमा गर्नुपर्ने कामहरु, नगरिक समाज र पत्रकारबीचको सम्वन्ध, सहकार्यको वातावरण तयार गर्नका लागि गर्न सकिने कामहरु, विकासमा नागरिक समाज र पत्रकारहरुको भूमिकाका बारेमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेले गरेकी थिइन ।
बिमला पाण्डे