विद्यालयका समस्या पहिचान गरी बाल अधिकार चेतना समूहले बुझायो वडा कार्यालयमा ध्यानाकर्षण पत्र

कपिलवस्तु । २०८० जेठ १२ गते

इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले कपिलवस्तु नगरपालिका–१ स्थित रत्न राज्य लक्ष्मी माविमा रहेका समस्या पहिचान गरी वडा कार्यालयमा जेठ ११ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार चेतना समूहका पदाधिकारीहरूको जेठ ९ गतेको बैठकले  कक्षा ६ , ७ र ८ को स्थानीय भाषाको पाठ्यपुस्तकको व्यवस्था गर्नुपर्ने , कक्षा ९ र १० मा गणित बिषयको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको , शौचालयमा पानी र साबुनको व्यवस्था नभएको , कक्षा ९ मा क्षमता भन्दा बढी १ सय १७ जना बिद्याथीहरू हुँदा गुणस्तरिय शिक्षा प्राप्त गर्नसमस्या भएकोलगायतका  समस्या पहिचान गरेका थिए । यसैगरी, सरकारले निशुल्क वितरण गर्ने सेनेटरी प्याड गुणस्तरीय नभएको , विद्यालयमा खेलकुद सामाग्रीहरूको अभावलगायतका विषय पहिचान गरी सााधानका लागि वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 लगाएतका बिषयहरुमा छलफल तथा पहिचान गरिएको थियो । बिभिन्न अतिरिक्त क्रियाकलाप संचालन गर्नका लागि नगरपालिका समक्ष भलिबल सेट , व्याडमिन्टन , क्रिकेट व्याट , बास्केट बल , स्ट्याम्प लगायतका खेलकुद सामाग्री उपलब्ध गराई दिनुहुन बाल अधिकार चेतना समूह जोडदार माग गर्दछौ ध्यानाकर्षण पत्रमा उल्लेख छ । ध्यानाकर्ष पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले विद्यालय व्यवस्थापन समिती र प्रधानाध्यापकसँग समन्वय गरी ध्यानाकर्षण पत्रमाथि छलफल गरी समाधान गर्ने  प्रतिबद्धता व्यक्त गर्नु भयो । यसैगरी शिक्षा शाखा अधिकृत युवराज भुसालले शिक्षा शाखाले विद्यालयलाई सरसफाई र खेलकुदका सामाग्रीहरू विद्यालयहरूमा पठाइएको बताउनु भयो ।

पार्वती आचार्य