शिक्षा अधिकार सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
कैलाली । २०७७ असोज २३ गते
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र गौरीगंगा नगरपालिका मानव अधिकार समुहको समन्वयमा शिक्षा अधिकार सम्बन्धमा शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम असोज २३ गते गौरीगंगा नगरपालिमा सम्पन्न भएको छ । चौमाला बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी पंकज रानामगरले अनलाइन माध्यमबाट पठनपाठन सुरु भएता पनि आर्थिक रुपमा विपन्न रहेका विद्यार्थीहरुले अनलाइन शिक्षाबाट वन्चित हुँनु परेको बताउनु भयो ।
मानव अधिकार समुहकी सदस्य उर्मीला स्वारले नगरपालिले सबै वडामा रहेका विपन्न परिवारका विद्यार्थीहरुको रेकर्ड राखेर अनलाइन कक्षाको पहुँचमा ल्याउनु पर्ने बताउनु भयो अभिभावक सुमन शिलाधरले लामो समयसम्म विद्यालय बन्द हुँदा कतिपय विद्यार्थीहरुले गलत बाटोमा लागि डिप्रेशनको सिकार भइसकेको बताउँदै विद्यार्थीमा देखिएको समस्या समाधानका लागि स्थानीय तहले समयमै पहल गर्न आवश्यक रहेको बताउनु भयो ।
विणा विद्यामन्दिर माविका अध्यक्ष केसर खत्रीले अतिविपन्न तथा अनलाइन कक्षा भन्दा बाहिर रहेका विद्यार्थीहरुको लागि टोलटोलमा शिक्षक खटाइ विद्यार्थी सिकाईलाई निरन्तरता दिइने बताउनु भयो । गौरीगंगा नगरपालिका शिक्षा शाखा प्रमुख हरिस पन्तले कोभिड–१९ ले निम्त्याएको समस्या समाधानका लागि नगरपालिमा रहेको सम्पूर्ण विद्यालयका प्रधानाध्यपकहरुको बैठक बसाल्ने प्रतिवद्धता जनाउनु भयो ।
मैनामोती चौधरी