शिक्षा, स्वास्थ्य, खाद्यान्न तथा आवासको अधिकारका विषयमा अन्तरक्रिया सम्पन्न

मोरङ । २०७८ असोज ९ गते

रङ्गेली नगरपालिकामा मानव अधिकार समूहको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालय, विराटनगरको सहयोगमा कियोस परियोजना अन्तर्गत नगरस्तरीय शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवसको अधिकारका सवालमा असोज ८ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रदेश १ कार्यालयकी फोकल पर्सन बागमती कटेलले मौलिक अधिकार भित्रै शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सुनिश्चितता गरिएको जानकारी दिनु भयो । उहाँले यस्ता अधिकरको उपयोग गर्न नागरिक वञ्चित हुनु नहुने बताउनु भएको छ । रङ्गेली नगरपालिका–२ की स्वयम्सेविका सरस्वती चर्मकारले आफ्नो कर्यक्षेत्रमा खोप केन्द्र नभएकालेसडकमै खोप दिँदै आएको बताउनु भयो ।

रत्न मावि रङ्गेली नगरपालिका–३ विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विष्णु शिवाकोटीले सडक विस्तार भएकाले गेटसम्मै पर्खाल लगाउनु परेकाले विद्यालय आउजाउमा समस्या भएको बताउनु भयो । उहाँले शिक्षक दरबन्दी अभाव भएकाले पठनपाठनमा समस्यासमेत भएको बाताउनु भयो । कृषक मनोज राजवंशीले खेतबारीको माटोको परीक्षण नभएको तथा उन्नत बिउबिजनको अभाव रहेको गुनासो गर्नु भयो । साथै सुकुमवासी पहिचान र व्यावस्थापन समस्याले गर्दा नागरिकलाई सुरक्षित आवासमा कठिनाइ भएको स्थानीय डिल्ली घिमिरेले बताउनु भयो । नगर प्रमुख दिलिप अग्रवालले सरोकारवाला सबैको सहकार्यमा मानव अधिकार उपभोगको व्यवस्था मिलाउनु पर्ने बताउनु भयो ।

अर्जुन दर्जी