शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

तनहुँ । २०७८ भदौ ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समुह भानु नगरपालिकाको संयोजनमा भानु नगरपालिकामा शिक्षास्वास्थ्यखाद्य र आवासको अधिकारसम्बन्धी स्थानीय सरकार र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम भदौ २९ गते सम्पन्न भयो । मानव अधिकार संरक्षण र सम्बर्धनकालागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा बोल्दै भानु नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले शिक्षास्वास्थ्यखाद्य र आवास नगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । संविधानले मौलिकहकको रूपमा व्यवस्था गरेको यी विषयहरूलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको उहाँले बताउनुभयो ।

आधारभुत विद्यालयमा दिवा खाजाआधारभुतदेखि माथिल्लो तहका सबै विद्यालयमा सेनेटरी प्याडको उपलब्धताआधारभुत विद्यालयमा स्मार्ट टिभीको व्यवस्थाकृषकलाई आधुनिक कृषि औजारको व्यवस्था गरिएको तथा दुध र अण्डामा नगरपालिका आत्मनिर्भर भएको पाण्डेले बताउनुभयो । मौलिक हकहरू उपभोग गर्न पाउनु नागरिकको नैसर्गीक र संविधान प्रदत्त अधिकार भएको भन्दै पाण्डेले नगरपालिकाले पनि नागरिकका यी मौलिक हकलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू बनाएको बताउनुभयो । इन्सेकले शिक्षास्वास्थ्यखाद्य र आवासको विषयमा पटकपटक नगरपालिकाको ध्यानाकर्षण गराएको हुँदा वार्षिक नीति तथा कार्यक्रम र योजनामा ती विषयहरू सम्बोनधन गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षास्वास्थ्यखाद्य र आवाससँग सम्बन्धित कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका वरिष्ठ अधिकृत पाण्डेले शिक्षास्वास्थ्यखाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र योजनाहरूलाई प्राथमिकतामा राखि सम्पन्न गर्ने र नीतिहरू बनाउँदा पनि त्यसैलाई नै प्राथमिकतामा राख्ने गरेको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईकृषि शाखा प्रमुख प्रताप पाण्डेशिक्षा शाखाका श्रोत व्यक्ति श्रीकृष्ण त्रिपाठीपशु शाखाका प्राविधिक धनबहादुर कुमालले सहभागीको जिज्ञासाको उत्तर दिइ आआफ्नो शाखाले गर्दै आएको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । मानव अधिकार समूहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा भानु महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष रूपा लामाव्यवस्थापक कल्पना सेढाईमानव अधिकार समूहका सदस्यहरू रामबहादुर ढकालतुलसी गैरेरूक्मिणी खनालविष्णुकुमारी श्रेष्ठचिनिमाया प्रधान लगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले गर्नुभएको थियो ।

प्रकाशचन्द्र भट्टराई