शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर । २०७८ असोज २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुपश्चिम प्रदेश कार्यालय धनगढीद्वारा कञ्चनपुर जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुनर्वासको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम असोज १९ गते पुनर्वास नगरपालिकामा सम्पन्न गरिएको छ । कार्यक्रममा मानव अधिकार समूहले पुनर्वास नगरपालिका क्षेत्रमा पहिचान गरेका शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारसँग सरो

कार्यक्रममा मानव अधिकार समूहले पहिचान गरेका शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारसँग सरोकार राख्ने मुख्यमुख्य सवाल तथा समस्याहरू समाधान गर्नका लागि पुनर्वास नगरपालिकाका प्रमुख जिवनराम थापालाई मानव अधिकार समूहका संयोजक पर्शुराम बिश्वकर्माले ध्यानाकर्षणपत्र बुझाउनु भएको छ । ध्यानाकर्षणपत्र बुझ्दै नगर प्रमुख थापाले मानव अधिकार समूहले पहिचान गरेका समस्या तथा सवालहरू मध्ये कतिपय सवालहरू नगरपालिकाले सम्बोधन गरिसकेको तथा बाँकी रहेका सवालहरू समेत छिट्टै सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भयो । मानव अधिकार समूहले नगरपालिकाका महत्वपुर्ण सवाल तथा समस्याहरू औँल्याएर सहयोग गरेको भन्दै उहाँले आगामी दिनमा पनि समूहले खबरदारी र साझेदारी गर्ने अपेक्षा राख्नु भयो ।

पुनर्वास नगरपालिकाका सामुदायिक विद्यालयहरूको आधारभुत तहमा बालबालिकाको सङ्ख्या न्यून रहेको र माध्यामिक तहमा बालबालिकाको सङ्ख्या अधिक रहेको, गाभ्नुपर्ने विद्यालयहरूलाई गाभ्न नसकिएका कारणले विद्यालयमा बालबालिकाको अनुपातमा शिक्षकहरूको व्यावस्थापन गर्न समस्या भइरहेको उहाँले बताउनु भयो । नेपाल सरकारको नीति अनुरूप पुनर्वास नगरपालिकाका प्रत्येक वडाहरूमा स्वास्थ्य संस्थाहरू स्थापना गरी सञ्चालनमा ल्याएको पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नारायणप्रसाद जोशीले जानकारी दिनु भयो । उहाँले समस्या मात्रै औँल्याउन भन्दा पनि नगरपालिकाले गरेका राम्रा कामहरूमा समेत ध्यान दिन मानव अधिकार समूहलाई आग्रह गर्नु भयो ।

पत्रकार धनबहादुर बिश्वकर्माले मुक्तहलिया बस्तीका लागि भन्दै राष्ट्रिय आवास कम्पनीमा निर्माण गरिएका २५ ओटा घरहरूमा मुक्तहलियाहरूले बसोबास नगर्दा निर्माण गरिएका घरहरू जीर्ण हुँदै गएको उल्लेख गर्दै, मुक्तहलियाहरूको तथ्याङ्क सङ्कलनमै व्यापक गल्ती भएकाले वास्तविक हलियाहरू तथ्याङ्कबाट छुटेका तथा गैरहलियाहरू समावेश भएकाले मुक्तहलियाको तथ्याङ्कलाई पुनरावलोकन गर्न आवश्यक रहेको बताउनु भयो । पुनर्वास नगरपालिकामा यो वर्ष मल वितरण गर्नका लागि नगरक्षेत्रमा क्रियाशील ११ ओटा सहकारीहरू छनौट भइसकेको तथा प्रदेश सरकारले पुनर्वास नगरपालिकाको मलको कोटा साल्ट ट्रेडिङ्ग कार्यालय धनगढीबाट छुट्याउने निर्णयसमेत गरिसकेकाले पुनर्वास क्षेत्रका किसानहरूले यो वर्षबाट समयमै आवश्यक मात्रामा सुलभ दरमा मल पाउने पुनर्वास नगरपालिकाका कृषि शाखा प्रमुख ललिता चौधरीको विश्वास छ ।

लिली कुँवर