शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया सम्पन्न

कपिलवस्तु । २०७८ मङ्सिर २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तु र मानव अधिकार समूह बाणगंगाको समन्वयमा मङ्सिर २६ गते वाणगंगा नगरपालिकामा शिक्षास्वास्थ्यखाद्य र आवासको अधिकारको सवालमा अन्तरक्रिया  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सरकारले समुदायिक विद्यालयमा माविसम्म निशुल्क शिक्षा र आधारभुत शिक्षा अनिवार्य भनेपनि विद्यालयहरुले विभिन्न बहानामा शुल्क उठाउने गरेकोकोभिड १९ का कारण विद्यालय बन्द हुँदाको तीन महिनाको मासिक शुल्क लिएको सहभागिहरू गुनासो गरेका थिए । यसैगरीविद्यालयको भौतिक पुर्वाधार गुणस्तरीय नहुँदा चर्को घाम लाग्दा र पानी पर्दा विद्यार्थीहरुको पठनपाठनमा समस्या भएकोसरकारले निशुल्क वितरण गर्ने सेनेटरी प्याड गुणस्तरीय नभएको सहभागिहरूले बताएका थिए ।

photo2021121301kapilvastu

यस्तै स्वास्थ्य चौकिमा प्रयाप्त औषीिको अभाव रहेकोअस्पतालमा सुत्केरी गराउदा पाउने सुविधा समयमा नपाएको स्वास्थ्य स्वयम सेविकालाई नगरपालिकाले सेवा सुविधा न्युन दिएकोबजार अनुगमन प्रभावकारी  नभएको लगायतका सवालहरू सेवाग्राहीले उठाएका थिए । बाणगगां नगरपालिका उपप्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई शिक्षास्वास्थ्यखाद्य र आवास सम्बन्धी हक अधिकारको महशुस गराउन सबै सरोकारवासँग छलफल गरि अगाडि बढ्ने बताउनु भयो । शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले सरोकारवाला निकायहरूले उठाएका सवालका जवाफ दिदै नगरलाई समृद्ध बनाउ शिक्षास्वास्थ्यखाद्य  र आवासका सवालहरूमा काम गरि रहेकोले कमि कमजोरी भए खबरदारी गर्न आग्रह गर्नु भयो ।

पार्वती आचार्य