








बर्दिया । २०७९ जेठ २१ गते
इन्सेक र मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खडकालाई जेठ १८ गते ज्ञापन पत्र बुझाएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको सवाल सम्बोधन गर्न आगामी आर्थिक वर्षमा बजेट समेट्न ज्ञापन पत्र बुझाएको मानव अधिकार समुहका सदस्य तथा मानव अधिकार समूहका संयोजक प्रेमप्रसाद शर्माले बताउनु भयो । ज्ञापन पत्रमा बालबालिकाहरूलाई शिक्षा लिन पाउने अधिकार सुनिश्चित गर्न निति र कार्ययोजना सहित कार्यान्वयन गर्नपर्ने । बाँसगढी नपा– १ मा ११ र १२ कक्षा सञ्चालन गर्नु पर्ने, मुक्त कमैया, सुकुम्वासी बस्तीमा अधिकाशं बालबालिकाहरू खाद्यन्न जोहो गर्न भारत जाने गरेकोले शिक्षबाट बञ्चित हुने गरेको कतिपय विद्यालयमा शुद्ध खानेपानीको अभाव रहेको । शौचालयको उचित व्यवस्था नभएको, स्वास्थ्य संस्थामा औषधि अपुग हुने गरेका लगायतका विषयहरू उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै नगर प्रमुख खडकबहादुर खड्काले नागरिकका आधारभुत अधिकार शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाइ काम गर्ने प्रतिबद्धता गर्नु भयो ।
मानबहादुर चौधरी