शिवपुरीमा सार्वजनिक सरोकारको विषयमा अन्तर्क्रिया कार्यक्रम
नुवाकोट । २०७९ चैत ३० गते
शिवपुरी गाउँपालिका–७ सुनखानीमा सार्वजनिक सरोकार र महिलामाथि हिंसाको विषयमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाको वडा नं. ७ र ८ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत सञ्चालन भईरहेको छ । सोही परियोजना अन्तर्गत इन्सेकले स्थानीय सरकार र महिलाहरूबीच चैत २८ गते वडा नं. ७ सुनखानीमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागीहरूले गाउँपालिकासँग सम्बन्धित सार्वजनिक सरोकारको विषयमा प्रश्न राखेका थिए । महिलाको अधिकार, गाउँपालिकामा महिलासँग सम्बन्धित कार्यक्रम तथा बजेट, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा लगायतको विषयमा जिज्ञासा राखेका थिए ।गाउँपालिकाका अध्यक्ष गोविन्द्रप्रसाद थपलियाले गाउँपालिकाले महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको सवालमा गम्भीर रहेको र योजना तथा कार्यक्रमहरू प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

उहाँले सिमित स्रोतसाधनबीच पनि महिलाहरूको क्षमता वृद्दि, सीप सिकाउने, आत्मनिर्भरको साथै अधिकारको बारेमा जानकारी दिने कार्यक्रम गाउँपालिकाले सञ्चालन गरिरहेको बताउनु भयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले महिलाको कार्यक्रम महिलाकै क्षमता विकासमा खर्च गरिरहेको भन्नुभयो । कार्यक्रममा उठेका सवालहरुको शिवपुरी गाउँपालिकाका-७ का वडाअध्यक्ष वीरबहादुर तामाङ, स्वास्थ्य शाखाका मुकेश भट्टराई, महिला तथा बालबालिका शाखा प्रमुख पूजा खतिवडा लगायत विषयगत शाखाका प्रमुख ताथ प्रतिनिधीहरूले जवाफ दिनुभएको थियो । परियोजनाका कार्यक्रम संयोजक कृष्ण प्रसाद नेपालले अन्तर्क्रिया कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।
नवदीप श्रेष्ठ
HUMAN RIGHTS NEWS PORTAL






