शुक्लागण्डकी माविमा बाल अधिकार समूह गठन

कास्की । २०७९ असोज १० गते

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा आयोजनामा असोज ७ गते माछापुच्छ्रे गाउँपालिकास्थित शुक्लागण्डकी माविमा बाल अधिकार समूह गठन गरिएको छ । इन्सेकले माछापुच्छ्रे गाउँपालिकामा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत शुक्लागण्डकी माविमा ठाकुर रानामगरको अध्यक्षतामा ११ सदस्यीय समूह गठन गरिएको सहजकर्ता सुष्मा आचार्यले जानकारी दिनु भयो । समूहको उपाध्यक्षमा प्रतिक्षा पोखरेल, सचिवमा सृष्टि रानाभाट, कोषाध्यक्षमा आयुष पोखरेल र सदस्यहरूमा सफल पोखरेल, बन्दना पोखरेल, सशक्ति लम्साल, प्रितम परियार, रुपम दर्लामी मगर, रक्षा दाहाल र सन्जोक दाहाल रहनुभएकोे उहाँले जानकारी दिनु भयो ।

  

कार्यक्रममा वडा न. ४ का वडासदस्य चिजबहादुर गुरुङले विद्यार्थीहरूले अनुशासित ढङ्गबाट पढाइसँगै आफ्ना अधिकारका सवालमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले बाल अधिकार उल्लङ्घनका घटना न्युनिकरणका लागि वडा कार्यलय सदैव सरोकारवालाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो । प्रधानध्यापक राजेन्द्र पोखरेलले बाल अधिकार सुनिश्चितताका लागि विद्यालय सदैव प्रतिबद्ध रहेको भन्दै बाल अधिकार समूहले प्रभावकारी रुपमा काम गर्ने अपेक्षा राख्नु भयो । समूहका संरक्षक शिक्षक अञ्जना पौडेलले बाल अधिकारका बारेमा विद्यार्थीहरू सचेत बन्दै कर्तव्य पालनामा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले समूहलाई उत्कृष्ट बनाउन आफूले भुमिका खेल्ने भनाइ राख्नु भयो ।

सुशन घिमिरे