श्री पशुपति माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण

मकवानपुर । २०८० असोज १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न मनहरी गाउँपालिका-४, मसिनेस्थित श्री पशुपति माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ असोज १८ गते हस्तान्तरण गरेको छ । श्री पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्यले इन्सेकले दिएको रकमबाट विद्याथीले विद्यालयमा अतिरित क्रियाकलाप सञ्चालन गर्ने बताउनु भयो । उहाँले प्राप्त सहयोग सही सदुपयोग र सञ्चानल हुने विश्वास व्यक्त गर्नुभयो ।

इन्सेकद्वारा विद्यालयमा गठन गरेको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नेको लागि कोष रकम सहयोग गरेको जिल्ला सहजकर्ता सलिना गौतमले बताउनु भयो । कोषबाट वार्षिक कार्ययोजना अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने समूहका कोषाध्यक्ष अञ्जिना गिरीले बताउनु भयो । विद्यालय व्यवस्थापन अध्यक्ष माधव गौतमले प्रदान गरेको रकमबाट समूहका बालबालिकाहरूले आफ्नो क्षमता विकासका कार्य सञ्चालन गर्न बताउनु भयो ।

पुष्पराज अधिकारी