श्री प्रजा माविमा गठित बाल अधिकार समूहलाई परिचालन कोष हस्तान्तरण
मकवानपुर । २०८० असोज १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, चैनपुरस्थित श्री प्रजा माविको विद्यालयको बाल अधिकार समूहलाई ३ हजार ५ सय रुपियाँ असोज १५ गते हस्तान्तरण गरेको छ । इन्सेकद्वारा विद्यालयमा गठन गरेको बाल अधिकार समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नेको लागि कोष रकम सहयोग गरेको जिल्ला सहजकर्ता सलिना गौतमले बताउनु भयो ।
कोष हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर प्रजाले इन्सेकले दिएको रकमबाट विद्याथीले विद्यालयमा अतिरित क्रियाकलाप सञ्चालन गर्ने बताउनु भयो । उहाँले प्राप्त सहयोग सही सदुपयोग र सञ्चानल हुने विश्वास व्यक्त गर्नुभयो । कोषबाट वार्षिक कार्ययोजना अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने समूहका अध्यक्ष अर्पण प्रजाले बताउनु भयो । श्री उच्च मावि संरक्षक शिक्षिका शर्मिला पौडेलले प्रदान गरेको रकमबाट समूहका बालबालिकाहरूले आफ्नो क्षमता विकासका कार्य सञ्चालन गर्न बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा