सडक नाटक प्रदर्शन

कैलाली । २०८१ जेठ ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा–६ मा स्थित जयदेव माध्यमिक विद्यालय जम्बूकाँधमा गठित बाल अधिकार समूहको समन्वयमा  जेठ ७ गते  शिक्षाको महत्व विषयक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएकाे छ ।चामुण्डाबिन्द्रासैनी नगर बाल अधिकार समूहले अभिभावक,शिक्षक,र विद्यार्थीहरुको उपस्थितिमा शिक्षा सबैको लागि अति आवश्यक रहेको र गुणस्तरिय शिक्षा अहिलेको आवश्यकता हो । कुनै पनि बालबालिकाहरु शिक्षाबाट वञ्चित नहुने सन्देश नाटक मार्फत दिएको छ ।

 

शिक्षाको महत्व विषयक सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रममा जयदेव माध्यमिक विद्यालय जम्बूकाँधका निमित प्रधानाध्यापक सुर्जकला बुढाले इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदविरुद्ध विविध खाले कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको प्रति धन्यवाद प्रकट गर्नु भयो । यो सन्देश मूलक शिक्षाको महत्व सडक नाटकले अभिभावक , शिक्षक र विद्यार्थीहरुलाई राम्रो सन्देश दिने बताउनु भयो ।सडक नाटक प्रदर्शनमा अभिभावक,शिक्षक,र विद्याथी गरी करिब एक सय जनाको सहभागिता रहेको थियो ।

अमर सुनार