सबैको सहकार्यबाटै लैङ्गिक हिंसा अन्त्य हुनसक्नेः उपाध्यक्ष मनिला विष्ट

मकवानपुर । २०७८ फागुन २६ गते

मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले सबैको सहकार्यबाटै लैङ्गिक हिंसा अन्त्य हुनसक्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा०७८ फागुन २६ गतेबाट सुरु भएको दुई दिने जनप्रतिनिधिहरूका तालिमका प्रमुख अतिथि विष्टले कसैको एकल प्रयासलेमात्रै हिंसाको अन्त्य नहुने भन्दै सबैको सहकार्य र लगावले मात्रै लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताउनु भएको हो । मानव अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु) परियोजना सञ्चालित मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाको १९ नं. वडाका स्थानीय जनप्रतिनिधिलाई अधिकार, महिला अधिकार तथा लैङ्गिक हिंसासम्बन्धी दुई दिने तालिम सुरु गरिएको छ ।  उपाध्यक्ष विष्टले आफू पनि जनप्रतिनिधि हुनु पूर्व महिला अधिकारका क्षेत्रमा क्रियाशिल भएर काम गरेको स्मरण गर्दै जनप्रतिनिधि भए पश्चातको समयमा पनि पालिकाम हिंसा न्युनिकरणको विषयलाई प्राथमिकतामा राख्दै काम गर्दै आइरहेको बताउनुभयो ।

यस्तै स्थानीय स्तरमा हुने न्यायिक समितिमा आउने् अधिकांश घटनाहरू कुनै न कुनै हिसाबले हिंसासँग जोडिएर आउने रहेको बताउँदै स्थानीय सरकारले मात्रै्र चाहेर हिंसालाई अन्त्य गर्न नसकिने भन्दै इन्सेक लगाएत अन्य अधिकारका क्षेत्रमा क्रियाशिल सङ्घसंस्थासँग लैङ्गिक हिंसा लगायत महिलामाथि हुने सबै प्रकारका विभेदको अन्त्यका लागि सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले इन्सेकले तीन दशकभन्दा बढि समयदेखि समग्र मानव अधिकारका सवालमा वकालत तथा पैरवी गर्दै आइरहेको बताउनुभयो ।

यस्तै स्थानीय सरकारबाट प्रवाह हुने सेवालाई मानव अधिकारका क्षेत्रमा थप सुनिश्चितता गराउने उधेश्यले जनप्रतिनिधीहरूलाई तालिमको आयोजना गरिएको बताउनुभयो । यस्तै इन्सेकले मकवानपुरको मनहरी गाउँपालिका र हेटौँडा उपमहानगरपालिकामा शिक्षा, स्वाीथ, खाद्य र आवासको अधिकारका विषयमा कार्यक्रम समेत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम स‌ंयोजक गणेश भण्डारीले तालिममा सहभागीहरूलाई स्वागत गर्दै तालिमको उद्श्यमाथि प्रकाश पार्नु भएको थियो । उहाँले महिला लैङ्गिक हिंसाविरुद्धको पहिलो आवाज स्थानीय जनप्रतिनिधिले संवोधन गर्नु पर्ने भएकोले यससम्बन्धी तालिमले हिंसाको पहिचान गर्न र त्यसलाई न्यूनिकरण गर्न सहज हुने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भयाे ।

साथै  सिकेको ज्ञान जनप्रतिनिधि रहँदा वा नरहँदा जुनसुकै समयमा पनि उपयोगि हुने  विश्वास उहाँले व्यक्त गर्नु भएको थियो । तालिममा अधिवक्ता तथा अधिकारकर्मी अच्युत आचार्यले नेपालमा मानव अधिकार तथा मौलिक अधिकार सम्बन्धि कानुनी व्यवस्थाहरू तथा महिला विरुद्धको हि‌ंसा तथालैङ्गिक हिंसा सम्बन्धी प्रचलित कानुनहरूका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ । साथै दोश्रो दिन मकवानपुर जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीले न्याय क्षेमा देखिएका महिला हिंसाका घटनाका मुद्दाहरू लगाएत समग्र महिला अधिकार तथा लैङ्गिक अधिकारका विषयमा सहनिकरण गर्नुहुनेछ ।

पुष्पराज अधिकारी