समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न

मकवानपुर । २०७९ कात्तिक ३० गते

मनहरी गाउँपालिका वडा नं. १ र ३ मा समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी  महिला र बालबालिकालाई तालिम सम्पन्न सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको मनहरी गाउँपालिकामा कात्तिक २८ र २९ गते भएको तालिममा महिला तथा बाल समूहका पदाथिकारी तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेका थियो । तालिममा बाल अधिकार के हो ? बालिबालिकाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने स्थानीय तहका सरोकारवाला निकायहरू लगायत बाल बालिका सम्बन्धी ऐन २०७५ मा व्यवस्था गरिएको बालबालिकाहरूको सहभागिता शिक्षा स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा कार्यक्रम अधिकृत कृष्ण नेपालले सहजिकरण गर्नु भएको थियो ।

   

यसैगरी, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका तथा विपन्न वर्गका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका र बाल हिंसा र दुर्व्यवहार पीडित हुनु परेको र अधिकांश यस्ता बालबालिकाहरूले बिचमै पढाई छोड्ने समस्या रहेको हुँदा उनीहरूलाई विद्यालयमा टिकाउन स्थानीय सरकारको दायित्व र व्यवस्था बारेमा पनि छलफल भएको थियो । साथै कार्यक्रका सहभागीले अझै पनि समूदायमा बाल बालिकाले हिंसा र दुर्व्यवहारबाट पीडित हुनु परेको र त्यसको बारेमा पहिचान नहुँदा कानुनी उपचारमा पीडित महिला पुग्न नसकेको बताएका थिए ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा