समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

बाँके । २०८० भदौ २७ गते

इन्सेक र  मानव अधिकार समूहको आयोजनामा समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २७ गते जानकी गाउँपालिकामा सम्पन्न भएको छ । जानकी गाउँपालिकामा शिक्षा ,स्वास्थ्य, वातावरण र विभेदसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना तयार गरिएको हो । मानव अधिकार समूहले शिक्षा क्षेत्रका विद्यालयमा दिवाखाजा अनिमियता, शौचालय , खानेपानी र विषयगत शिक्षक अभाव भएको समस्या पहिचान गरेका छन् । यसैगरी, स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सचेतनामा कमि, औषधि अभाव, सरकारले दिने स्वास्थ्य सेवा बारे जानकारी नहुनु ,वातावरणको क्षेत्रमा शौचालय नहुनु , फोहोर व्यवस्थापन नहुनु, वातावरणसम्बन्धी कानुन नबन्नु ,बाटोमा पशुचौपाया बाधेका कारण सडक दुर्घटना हुने र खानेपानीको प्रयोग गर्न नपाएको जस्ता समस्या पहिचान गरेका थिए । विभेद विरूद्ध घरेलुहिंसा र जातीय विभेदसम्बन्धी सचेतनामा कमि हुनु भएका सहभागीहरू समस्या औल्याएका थिए ।

समस्या समाधानकालागि वातावरणसम्बन्धी कानुुन बनाउन गाउँपालिकामा डेलिगेसन जाने ,वडा कार्यालयसँग समन्वय गरेर सरसफाई सचेतना कार्यक्रम गर्ने ,विद्यालय, स्वास्थ्य चौकीहरूमा गाउँ पालिकाको समन्वयमा स्थलगत अनुगमन गर्ने र मानव अधिकार समूहको घुम्ती बैठक निरन्तर गर्ने कार्ययोजना बनाएको मानव अधिकार समूहका  सचिव जागेश्वर यादवले बताउनु भयो । कार्यक्रममा वडा कार्यालयको  प्रतिनिधित्व गर्दै  वडा सदस्य अम्मरबहादुर मगरले मानव अधिकारको सवालमा समुदाय र नागरिक समाजका अगुवाहरूलाई कानुनी सचेतना दिनुपर्ने बताउनु भयो । मगरले  मधेशी, मुस्लिम समुदायमा सामाजिक चुनौती रहेको बताउदै  शिक्षा ,स्वास्थ्य , वातावरणको विषयमा सहकार्य गरेर अनुगमन गर्ने प्रतिबद्धता सहित वडा स्तरमा पनि मानव अधिकार समूह बनाउन आग्रह गर्नुभयो ।

लक्ष्मी थारू