समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न
कालीकोट । २०७८ भदौ २५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना तथा मानव अधिकार समूह खाँडाचक्रको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवासको क्षेत्रमा रहेका समस्या पहिचान तथा कार्ययोजना निमार्ण सम्पन्न भएको छ । समूहले भदौ २३ गते मान्ममा मानव अधिकार समूह र सरोकारवाहरूबिच एक कार्यक्रमको आयोजना गरी समस्या पहिचान गरेर समाधानका लागि कार्ययोजना समेत तयार पारेको हो ।
नगरपालिकाका ११ वटा वडामा स्थापना गरिएका स्वास्थ्य इकाइरूमा औषधिको अभाव, स्वास्थ्य चौकीमा उपकरण तथा दक्ष जनशक्तिको अभाव, विद्यालयहरूमा खानेपानीको अभाव, विद्यार्थीहरूलाई कोभिड विरूद्धको खोप नपाएको, दिवा खाजाको रकमबाट नीजि श्रोतमा राखिएका शिक्षकहरूलाई पारिश्रमिक दिने गरिएको जस्ता समस्याहरू पहिचान गरिएको समूहका सचिव कपुरे विश्वकर्माले बताउनु भयो । उहाँका अनुसार गुणस्तरहिन खाद्य वस्तुको बजार अनुगमन नभएको, मासु पसलहरू अव्यवस्थित रहेको, कृषहरूले गुणस्तरीय वीउ नपाएको, अझै सात सय घर खरमुक्त गर्न नसकिएको, स्वास्थ्य केन्द्रहरूले निःशुल्क उपलव्ध गराउनु पर्ने औषधि मेडिकलबाट बिक्रि गर्ने गरिएको लगायतका समस्या पहिचान गरिएको छ । यस्तै मानव अधिकार समूह र सरोकावालाहरूबिच छलफल, अन्तरक्रिया, मागपत्र पेश तथा विभिन्न गतिविधि गरेर कार्ययोजना कार्यान्वयन गर्ने निणर्य गरिएको समूहले जनाएको छ ।
कालीबहादुर मल्ल