समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न
झापा । २०७७ मङ्सिर १९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी ‘समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम’ मङ्सिर १९ गते सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले नगरपालिका भित्र भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार प्राप्तिका लागि समस्या पहिचान गर्दै त्यसको समाधानका लागि कार्ययोजना समेत निर्माण गरेको सहजकर्ता राजन राईले बताउनु भयो ।
अर्जुनधारा ननगरपालिकाका मेयर हरिकुमार रानाले नगरपालिकामा हस्पिटल उद्घाटन भएको र छिटै विशेषज्ञ सेवा सहितको उपचार शुरू गरिने बताउनु भयो । उहाँले जनता आवास कार्यक्रम अन्तरगत सामूहिक घर निर्माण कार्य भईरहेको बताउनु भयो ।
इन्सेकद्धारा गठित मानव अधिकार समूहका अध्यक्ष चन्द्रप्रसाद काफ्लेले शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारका विषयमा नगरपालिकासहित सरोकारवालाहरूबीच सम्वाद गर्दै आएको बताउनु भयो । उहाँले आधारभूत मानव अधिकार र पिछाडी पारिएका समुदायको अधिकार रक्षाका लागि इन्सेकले काम गरीरहेको बताउनु भयो । नगरपालिकाभित्र शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था, समस्याको लेखाजोखा गरी समस्या पहिचान कार्यक्रम सम्पन्न भएको सहजकर्ता राजन राईले जानकारी बताउनु भयो ।
नरेश खाती