समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न
मकवानपुर । २०८० असार १२ गते
मनहरी गाउँपालिका वडा नं. ४ मा समस्या समस्या पहिचान तथा सिफारिस संयन्त्रसम्बन्धी तालिम सम्पन्न तालिम सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको मनहरी गाउँपालिकामा ०८० असार १२ गते भएको तालिममा महिला, मोटिभेटर तथा बाल समूहका पदाथिकारी तथा महिला वडा सदस्यहरू लगायतको सहभागिता रहेका थियो । तालिममा महिला हिंसा बालबालिकामाथि गरिने दुर्व्यवहार तथा यससँग सम्बद्ध समुदायसँग जोडिएका समस्याहरू, वडा तथा स्थानीय तहले गर्ने सिफारिस प्रक्रिया लगायतको विषयमा सम्पूर्ण सहभागीहरूलाई प्रशिक्षण गरिएको थियो यसैगरी तालिममा बाल अधिकार के हो र बालिबालिकाको विकास र निर्णय प्रकृयामा अर्थपूर्ण सहभागिताका लागि समन्वय गर्नु पर्ने स्थानीय तहका सरोकारवाला निकायहरू लगायत बाल बालिका सम्बन्धी ऐन २०७५ मा व्यवस्था गरिएको बालबालिकाहरूको सहभागिता शिक्षा स्वास्थ्य र सामाजिक विकासमा गरिनु पर्ने आधारभूत दायित्वका विषयहरूमा कार्यक्रम अधिकृत कृष्ण प्रसाद नेपालले सहजिकरण गर्नु भएको थियो ।
यसैगरी, दलित, अल्पसङ्ख्यक र अपाङ्गता भएका तथा विपन्न वर्गका बालबालिका शिक्षाको पहुँच भन्दा बाहिर रहेका र बाल हिंसा र दुर्व्यवहार पीडित हुनु परेको र अधिकांश यस्ता बालबालिकाहरूले बिचमै पढाई छोड्ने समस्या रहेको हुँदा उनीहरूलाई विद्यालयमा टिकाउन स्थानीय सरकारको दायित्व र व्यवस्था बारेमा पनि छलफल भएको थियो । साथै कार्यक्रका सहभागीले अझै पनि समूदायमा बाल बालिकाले हिंसा र दुर्व्यवहारबाट पीडित हुनु परेको र त्यसको बारेमा पहिचान नहुँदा कानुनी उपचारमा पीडित महिला पुग्न नसकेको बताएका थिए । मनहरी गाउँपालिका वडा नं. १, ३, ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको छ ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा