![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
बाँके । २०७९ चैत २४ गते
समाज कल्याण परिषद्का प्रतिनिधि टोलीले राप्ती सोनारी गाउँपालिकामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गरेको छ । समाज कल्याण परिषद्का प्रतिनिधि बलराम देवकोटा र दिपेन्द्र पन्तले चैत २३ गते राप्ती सोनारी गाउँपालिकामा पुगेर इन्सेक अनुगमन गरेको हो । उक्त टोलीले राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल , मानव अधिकार समूह र इन्सेक कर्मचारीहरूसँगको कार्यक्रम सञ्चालन सिकाई र चुनौतीका विषयमा छलफल गरेको थियो । छलफलका क्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले मानव अधिकारको सवालमा इन्सेकले उल्लेखनीय कार्य गरेको भन्दै द्वन्द्व पीडितको पहिचान ,बादी, कुमाल, खुना , अल्पसङ्ख्यक लगायतका पछाडी पारिएका समुदायलाई शिक्षा ,स्वास्थ्य र खाद्य अधिकारको विशेष लक्षित कार्यक्रम साथै पाँचौ राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन गर्ने बताउनु भयो ।
गाउँपालिका स्तरीय मानव अधिकार समूहका संयोजक धनी वलीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा विभिन्न अभियान सञ्चालन गरेका बताउदै, कर्मचारी तथा जनप्रतिनिधिहरूको सहकार्य र समन्वयमा समूहले गरेको उपलब्धी तथा दिगोपनाका बारे जानकारी गराउनु भयो । यसैगरी, इन्सेक प्रदेश कार्यालयका कर्मचारीहरूसँग पनि टोलीले छलफल गरेको छ । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले प्रदेश कार्यालयले पछिल्लो समय सार्बजनिक सरोकारका विषयलाई लिएर कानुन व्यवसायीहरू सँगको समन्वयमा रिट निवेदन दर्ता गर्दै आएको बताउनु भयो ।
लक्ष्मी थारू