समुदायको समस्या पहिचान तथा कार्ययोजना निर्माण

सल्यान । २०७८ भदौ १७ गते

इन्सेकको इएलपी परियोजना अन्तरगत शारदा नगरपालिकामा गठित मानव अधिकार समूहले समुदायको समस्या पहिचान गरी उक्त समस्या न्यूनीकरणका लागि कार्ययोजना निर्माण गरेको छ । सदरमुकाम खलङ्गामा भदौ १५ गते मानव अधिकार समूहको बैठकमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा देखिएका मुख्य समस्या पहिचान गरी समाधानका लागि कार्ययोजना तयार पारेको मानव अधिकार समूहका अध्यक्ष मुना हमालले जानकारी दिनुभयो ।

यस विषयमा मानव अधिकार समूहका सदस्यले राखेका सवाललाई जिल्ला स्थित सरोकारवाला समक्ष  ध्यानाकर्षण गराउने योजना रहेको हमालले बताउनु भयो । नगरपालिका भित्र रहेका शिक्षा, स्वास्थ्य र खाद्यसँग सम्बन्धित विविध विषयमा समूहले नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन लगायत सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै आएको उहाँको भनाइ छ ।

मिना बुढाथोकी