








महोत्तरी । २०७८ चैत १ गते
गौशाला नगरपालिका–२ निगौलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन ३० गते सम्पन्न गरिएको छ । इन्सेक जनकपुरको आर्थिक सहयोग तथा मानव अधिकार निगरानी समूह गौशालाको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा गौशालाका प्रशासन शाखाका अधिकृत दिपेन्द्र यादवले गाउँगाउँमा यस्ता विषयमाथि छलफल गर्दा सर्वसाधरणले आफ्नो अधिकारबारे बुझ्ने अवसर पाउने बताउनु भयो । शिक्षा शाखाका प्रतिनिधि पुरुषोत्तम अधिकारीले इएलपी परियोजनामार्फत शिक्षा शाखामा धेरै मागदावीहरू आएको बताउँदै कतिपय पुरा भइसकेको र अन्य भरसक छिट्टै पुरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
अजयकुमार साह