सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न

सुर्खेत । २०७७ पुस १ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगर नपाको न्यायिक समितिका सदस्य र मेलमिलापकर्ताहरू बीच अनुभव तथा सिकाई आदान प्रदान कार्यक्रम पुस १ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार सुदृढीकरण परियोजना अन्तर्गत वीरेन्द्रनगर नपाका न्यायिक समिति र मेलमिलापकर्ताहरूको क्षमता अभिबृद्धि गर्न इन्सेकले विभिन्न समयमा दिएको तालिमको उपलब्धी र उनीहरूको सिकाई तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले गरिएको कार्यक्रममा न्यायिक समिति, मेलमिलापकर्ता र हिंसा निगरानी समूहले आ–आफ्ना सिकाई तथा अनुभव सुनाएका थिए । कार्यक्रमको समापन गर्दै वीरेन्द्रनगर नपाका उपप्रमुख एवम न्यायिक समितिका संयोजक मोहनमाया ढकालले वीरेन्द्रनगर नपाको न्यायिक समिति र मेलमिलापकर्ताहरूको क्षमता अभिबृद्धिगर्न इन्सेकले खेलेको भुमिकाको स्रहाना गर्नु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका प्रलेख अधिकृत टिका विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरेन्द्रनगर नपाका न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता, हिंसा निगरानी समूहका सदस्य र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत सोम चौधरीले गर्नु भएको थियो । यस्तै इन्सेक सुर्खेतद्वारा गठित हिंसा निगरानी समूहको बैठक पुस १ गते वीरेन्द्रनगरमा सम्पन्न भयो । समूहका अध्यक्ष गीता कोइरालाको अध्यक्षतामा सम्पन्न बैठकले हिंसा निगरानी समूहले वीरेन्द्रनगरका वास्तविक हिंसा पीडितहरूलाई न्याय दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेको र यसको दिगोपनाको लागि इन्सेकले थप योजना ल्याउनु पर्ने कुरामा जोड दिइएको थियो ।

दुर्गा थापा