सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नुवाकोट । २०८० असोज ८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-८, शेराबगरमा रिन्यु परियोजना अन्तर्गत सिफारिस प्रक्रियासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका वडा नं. ८ मा डब्लुपीडी नेपालको सहकार्यमा इन्सेकले सञ्चालन गरिरहेको अधिकारी तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) अन्तर्गत गाउँपालिका कार्यालय शेराबगरमा भएको सिफारिस प्रक्रियासम्बन्धी कार्यक्रममा सयन्त्र गठन गरिएको हो । शिवपुरी गाउँपालिका वडा नं. ७ का अध्यक्ष वीरबहादुर तामाङ र वडा ८ का अध्यक्ष केशवप्रसाद रिजालको संयोजकत्वमा सम्बन्धित वडाका महिला सदस्य र मोटीभेटर सहितको छुट्टाछुट्टै सयन्त्र गठन गरिएको कार्यक्रम संयोजक कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।

उक्त सयन्त्रले महिला, बाल अधिकार, स्वास्थ्य अधिकारी, ज्येष्ठ नागरिकको सवालमा सचेतना फैलाउने, हिंसा न्यूनीकरण गराउन सक्रिय हुने, महिला, बालबालिका, अपाङ्गता, ज्येष्ठ नागरिक लगायतका सवालहरू सम्बोधन गर्ने निकायसम्म पुर्‍याउन भूमिका खेल्ने गरी सयन्त्र गठन भएको हो । सयन्त्रको गठन पश्चात समुदायमा हिंसा न्यूनीकरण, लैङ्गिक समता तथा मानवअधिकार प्रवद्धनमा टेवा पुग्ने शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनु भयो ।कार्यक्रममा अध्यक्ष थपलियाले आगामी दिनमा पनि इन्सेक लगायत सामाजिक संस्थाहरूसँग सहकार्य गर्दै गाउँपालिकाको कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त कार्कीले सिफारिस प्रक्रिया तथा कानुनी समस्याहरू निरुपणको लागि सामाजिक समावेशीकरण सवाललाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भयो ।

नवदीप श्रेष्ठ