सेवा प्रदायक र सेवा बिचग्राही बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

कास्की
०७५ फाल्गुन २३ गते ।
अन्नपूर्ण गाउँपालिका स्थित ढिकुरपोखरीमा इएलपि कार्यक्रम अन्र्तगत सेवा प्रदायक र सेवागाह्री बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मानवअधिकार निगरानी समुहका सदस्य सहित स्थानियहरुले शिक्षा स्वास्थ्य र कृषिका क्षेत्रका गुनासो पोखेका थिए ।
स्थानिय मधु सुवेदीले व्यवसायिक खेती गर्नेमा भनेर मात्रै नहुने बजार व्यवस्थापन राम्रो संग हुनु पर्ने बताए ।
मानवअधिकार निगरानी समुह सदस्य प्रेम गिरीले निशुल्क शिक्षा भनिएपनि आधारभूत तहका विधालयमा परिक्षा शुल्क लिएको पाइएको गुनासो गरे ।
सिर्जना माबि बालअधिकार चेतना समुहकी सचिव संगिता श्रीपालीले विधालयमा विज्ञान विषयका लागी अति आवश्यक प्रयोगशालाको व्यबस्था गरिदिन आग्रह गरिन् ।

कार्यक्रमको प्रमुख अतिथि अन्नपूर्ण गापाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले गाउँपालिकाबाट दिने सेवा सुबिधा प्रभावकारी बनाउन इकाईहरु राखेर कार्यक्रम संचालन गरिरहेको बताए ।
‘शिक्षा,स्वास्थ्य,कृषि जस्ता महत्वपूर्ण क्षेत्रलाई प्रभावकारी बनाउन इकाईहरु राखिएको छ , कानुन नबनिसकेका अवस्थामा पनि कार्यविधि बनाएरै भएपनि कामहरु गरिराखेका छौं’, पौडेलले भने ।

उनले अघिल्लो वर्ष २ सय ५० टनेल वितरण गर्यौं तर फिल्डमा पुग्दा जम्मा १ सय मात्र देखिए बताए ।
‘बाँडेको टनेल किसानले घरमको आँटीमा लगेर राखेको पाइयो,किसान आफै सचेत बन्नुपर्ने देखिन्छ’,उनले भने ।
कृषि इकाई प्रमुख शशिकुमार सिहंले कृषीमा महिला सशक्तिकरणका लागी गाउँपालिकाले बजेट विनियोजन गरेको वताउँदै महिलाहरुले व्यवासायिक कृषिमा जोड दिनु पर्ने बताए ।

गाउँपालिकाले व्यावसायिक कृषिमा लाग्नेहरुका लागी सहुलियत प्रदान गर्ने उनको भनाई थियो ।
‘कतिपय कार्यक्रम गाउँपालिकाले ल्याउने तर कृषकहरुको सहभागिता कम हुने साथैं नतिजा सन्तोषजनक आउँन नसकेको स्थिती छ’,उनले भने ।
शिक्षा इकाई प्रमुख बलराम भुगाईले विधालयहरुमा विज्ञाप प्रयोगशाला संचालनमा ल्याउनका लागी गाउँपालिकाले व्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले गाउँपालिका भित्रका विधालयहरुमा कम्प्युटर शिक्षालाई पनि व्यवस्थित रुपमा संचालनमा ल्याउने तयारी भैरहेको जानकारी दिए ।
माछापुच्छ्रे माबिका प्रध्यापक कृष्ण प्रसाद अधिकारीले विधालयहरुमा गाउँपालिकाले सेनेटरी प्याड वितरण गर्नुपर्ने धारणा राखे ।
स्वास्थ्य इकाई प्रमुख ऋषिराज पौडेलले कुनैपनि स्वास्थ्य संस्थामा म्याद गुज्रिएका औषधी नरहेको बताए ।

उनले विधालयहरुमा शिक्षा र स्वास्थ्य इकाइले संयुक्त रुपमा सेनेटरी प्याड वितरणका लागी बजेट विनियोजन गरिसकेको जानकारी दिए ।
मानवअधिकार निगरानी समुह अध्यक्ष चतुरमान बिकले गाउँपालिकाबाट प्रदान गरिने सेवाहरु प्रभावकारी रुपमा लागु हुनुपर्ने बताए ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दैे सेवा प्रदायक निकाय र सेवाग्राही बिचको अन्तरक्रियाले सेवा प्रवाहमा प्रभावकारी र महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रम अधिकृत सवनम शर्माले संचालन गरेकी थिइन् ।

कार्यक्रममा वडा नं १ अध्यक्ष भरतजंग कुँबर वडानं २ अध्यक्ष चुडामणी अधिकारी सामुदायिक बन वडा नं १ अध्यक्ष खेम प्रसाद अधिकारी लगायतको विषेश उपस्थिती रहेको थियो ।

-सुशन घिमिरे ।