








मकवानपुर । २०८० माघ १६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले राक्सिराङ्ग गाउँपालिका-५, चैनपुरमा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा वातावरणको अधिकारसम्बन्धी कार्यशाला ०८० माघ १४ गते सम्पन्न भएको छ । त्यस्तै कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत गोबिन्द अधिकारीले स्थानीय तहले वातावरण विभागलाई हेर्न छुट्टै कर्मचारी राखेर अगाडि बढेको बताउनु भयो । उहाँले वातावरण स्वच्छ र सफा राख्न हामी सबैको दायित्व रहेको भन्दै सबैको साथ सहकार्य रहन जरुरी रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा राक्सिराङ्ग गाउँपालिका-५ का वडा अध्यक्ष हरि बहादुर प्रजाले स्थानीय तहको फोहोर व्यवस्थापनको लागि छिट्टैनै ट्र्याक्टर किन्ने बताउनु भयो । फोहोर बिसर्जन गर्ने उपयुक्त ठाउँको खोजी कार्य भइरहेको बताउँदै फोहोर व्यवस्थापनको लागि टोल विकास मार्फत कार्य अगाडि बढाइने समेत बताउनु भयो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, गाउँपालिका प्रशासन, विद्यालयका शिक्षक, विद्यार्थी र मानव अधिकार समूह सदस्यहरू लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण इन्सेक सहजकर्ता सलिना गौतमले गर्नुभएको थियो ।
पुष्पराज अधिकारी