स्थानीय स्तरमा मानव अधिकार रक्षक सञ्जाल निर्माण गर्न इन्सेकलाई सुझाव

कञ्चनपुर । २०७७ मङ्सिर १४ गते

 

डिसिए र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकोे सहकार्यमा मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपरले मङ्सिर १४ गते महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार रक्षकहरूको अवस्था र आगामी कार्ययोजना निर्माणका लागि भएको छलफल कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरूले स्थानीय स्तरमा मानव अधिकार रक्षक सञ्जाल निर्माण गर्न सुझाव दिएका छन् । मानव अधिकार रक्षक सञ्जाल, कञ्चनपुरका सदस्य उद्धबराज भट्टले जिल्लामा लैङ्गिक हिंसा प्रभावितहरूका लागि सुरक्षित आवास गृह नभएका कारण महिला अधिकारका क्षेत्रमा काम गर्ने रक्षकहरूलाई समस्या भएको बताउनुभयो ।

सञ्जालका सदस्य प्रभुनिधि पन्तले मानव अधिकार रक्षकहरूको स्थानीय स्तरसम्म सञ्जाल निर्माण गरिनुपर्ने बताउनुभयो । पन्तले स्थानीय स्तरमा रहेका मानव अधिकार रक्षकहरू बढी जोखिममा हुने भएकोले स्थानीय स्तरसम्म सञ्जाल निर्माण गर्नुपर्ने बताउनुभयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख खडकराज जोशीले आगामी वर्षमा मानव अधिकार रक्षकहरूको सुरक्षा र क्षमता अभिबृद्धि गर्ने आगामी परियोजनाका लागि आवश्यक छलफल गरेको बताउनुभयो ।

कोमलनिरन्जन भाट