स्वास्थ्य अधिकारसम्बन्धि अन्तरक्रिया सम्पन्न
कैलाली । २०७८ भदौ १६ गते
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत अनौपचाकि क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चि प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिका स्ततरीय मानव अधिकार समुहको सहकार्यमा स्वास्थ्य अधिकारसम्बन्धि अन्तरक्रिया कार्यक्रम भदौ १५ गते अत्तरियामा सम्पन्न भएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नगरपालिकाका सबै वडाका शहरी स्वास्थ्य इकाईमार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने योजना रहेको बताउनु भयो । उहाँले बिपन्न समुदायका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरु र नगरपालिकाका सबै नागरिकहरुलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्नु भयो ।
गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले स्वास्थ्य इकाईमा औषधिको अभाव हुन नदिन समयमै औषधिको माग फारम भरेर पठाउने गरिएको र नगरपालिकाले पनि सहयोग गर्दै आएको बताउनु भयो । गोदावरी नगरपालिका–११ का अध्यक्ष शिवबहादुर विकले भौगोलिक विकटताका कारण वडा नम्बर ११ र १२ का नागरिहरुको स्वास्थ्य सेवामा पहुँच नभएकोले यसतर्फ नगरपालिकाले ध्यान दिनु पर्ने बताउनु भयो । गोदावरी नगरपालिका–११ का स्थानीय रामबहादुर मलासीले स्वास्थ्य चैकीमा ल्याव, कीट र औषधिको अभाव हुने गरेकोले स्थानीयलाई स्वास्थ्य सेवा पाउन समस्या भएको बताउनु भयो । स्थानीय कौशिला सिंहले पहुँचको आधारमा कोभिड—१९ विरुद्धको खोप लगाउँदा वडा नम्बर २ का नागरिकहरु खोप लगाउनबाट वञ्चित भएको गुनासो गर्नु भयोे ।
मैनामोती चौधरी