स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालीकोट । २०७७ असोज २५ गते

 

खाँडाचक्र नगरपालिकामा सरोकारवालाबिच स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज २३ गते सम्पन्न भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत स्वास्थ्यको अधिकार सुनिश्चित गर्ने उद्देश्यकासाथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । खाँडाचक्र नगरपालिकाका उप-प्रमुख बिजया विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्यकर्मी, मानव अधिकार समूहका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य प्रकाश पार्दे इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले छलफलका लागि नगरपालिका भित्रका प्रसुति केन्द्र, स्वास्थ्य सँस्थामा आवश्यक औषधि उपकरणको अभाव लगाएतका समस्याहरु राख्नुभएको थियो । सहभागीबाट उठेका सवालका बारेमा उप-प्रमुख बिष्ट र वडा नम्बर ४ का अध्यक्ष धनसिंह विकले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

कालीबहादुर मल्ल