स्वास्थ्य सरसफाइ, खानेपानी र पोषणसम्बन्धी सडक नाटक प्रदर्शन

चितवन । २०८१ जेठ १८ गते

 इच्छाकामना गाउँपालिका–२ काउलेस्थित जनप्रिय माविमा गठन भएको बाल अधिकार समूहको आयोजनामा जेठ १८ गते स्वास्थ्य सरसफाइ, खानेपानी र पोषणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको छ । सडक नाटक प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरसफाइ, स्वच्छ वातावरणको महत्त्वको बारेमा अभिनय गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद अधिकारीले विकट गाउँको विद्यालयमा सचेतनामूलक कार्यक्रम हुनु गर्वको विषय रहेको बताउनुभयो । पठनपाठनका क्रममा हामीले सरसफाइको बारेमा निरन्तर भनिरहेका हुन्छौँ । तर, अहिले नाटक मार्फत देखाउने र बुझ्ने काम भएको उहाँको भनाइ छ । इन्सेक बागमती प्रदेश कार्यालयकाे समन्वयमा उक्त कार्यक्रम भएको बाल अधिकार समूहकी सहजकर्ता गायत्री गिरीले बताउनुभयो ।

दिपेन्द्र अधिकारी