हिंसा पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

धनुषा । २०८१ भदौ १४ गते

जनकपुरधाम उपमहानगरपालिका-१६ कपुलेश्वरकी ३१ वर्षीया सिकिलिला देवी महारा भनिने सकिला खातुनलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तरगत मानव अधिकार सहायता कक्षले ०८१ भदौ १३ गते आर्थिक सहयोग प्रदान गरेको छ । पीडितलाई इन्सेक मधस प्रदेश कार्यालयका संयोजक राजु पासवान र नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य रामबिलास धनकारले पीडितलाई चेक मार्फत १० हजार रुपियाँ हस्तान्तरन गर्नुभयो । नौ वर्ष अगाडि पीडितको जनकपुरधाम उपमहानगरपालिका-१६ कपुलेश्वरका मन्जुर दफालीसँग प्रेम विवाह भई दुवैजनाको दाम्पत्य जीवनबाट एक छोराको जन्म भए तापनि पति दफालीले हामीलाई खान लगाउन नदिएको, शारीरिक तथा मानसिक यातना दिई घरबाट समेत निकालिदिएको भन्दै पीडितले न्यायका लागि पहल गरिदिनुहुन भनि भदौ १० गते इन्सेक मधेस प्रदेश कार्यालयमा निवेदन दिनुभयो ।

त्यस्तै, पीडितले पति दफालीविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकोमा अदालतले पीडित र पीडकको दाम्पत्यबाट जन्म भएको छोराको डिएनए परीक्षणको आदेश गरेको छ र सो परीक्षणको लागि ३० हजार रुपियाँ लाग्ने भएको समेत पीडितले निवेदन साथ पेश गर्नुभएको कागजातमा उल्लेख गरिएको छ । तर, पीडितको आर्थिक अवस्था कमजोर भएकोले निजलाई न्यायमा पहुँच पुग्ने उद्देश्यले भदौ १३ गते इन्सेक मधेस प्रदेश कार्यालयले १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले बताउनु भयो । पीडितको न्यायमा पहुँच पुर्‍याउने उद्देश्यले इन्सेकले लामो समयदेखि लैङ्गिक हिंसा र यौनजन्य हिंसाबाट पीडित महिला तथा बालिकाहरूलाई आर्थिक सहयोग तथा सहजिकरण गर्दै आइरहेको संयोजक पासवानले बताउनु भयो ।

सन्तोषकुमार यादव