११४ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न
धनुषा । २०८० फागुन २७ गते
“महिलामा लगानी : सम्य र समुन्नत समाजको थालनी” भन्ने मुल नाराका साथ १ सय १४ औँ आन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मिथिला नगरपालिका -६ स्थित ढल्केबर गाेलचक्कर चाेकमा मनाइएको छ । नगर स्तरीय महिला अधिकार मञ्च, द एशिया फाउन्डेसन, सामुदायीक- प्रहरी साझेदारी, मिथिला नगरपालिका तथ विभिन्न संघसंस्थाहरूको आयोजना तथा मानव अधिकारका क्षेत्रमा क्रियाशिल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायतका संघसंस्थाहरुको समन्वयमा ०८० फागुन २५ गते ढल्केबर गाेलचक्कर चाेकमा दिप प्रज्वलन गरिएको हो । मिथिला नगरपालिकाका उप- प्रमुख सुनिता सिंह बुढाथोकी , वडा न. ६ र ७ का वडा अध्यक्ष नन्दकिशोर यादव, राम बहादुर स्याङ्गतन , इलाका प्रहरी कार्यालय ढल्केबर, समाज सेवि लगायतकाे उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो ।
नगर स्तरीय महिला मञ्चका अध्यक्ष कल्पना कडारीले महिला अधिकार दिवसकाे अवसरमा सधै नै हामीहरूले दिप प्रज्वलन गरेर मनाउने गरेको बताउनु भयो । नगरपालिकाकाकाे उपप्रमुखले आजकाे दिवसलाई सफल पारिदिनहुन सहयाेग गर्नु हुने सम्पूर्ण संघसंस्थाहरूलाई पालिकाकाे तर्फबाट धन्यवाद दिनुहुँदै घर सभ्य हुन नारी सभ्य हुनुपर्दछ बताउनु भयाे । महिला र पुरुष बीचको विभेदको अन्त्य र सम्मान अधिकारका लागि महिलाहरुले अमेरिकाको सिकागो शहरमा प्रर्दशन गरेकी थिइन् । जर्मनीकी मार्कसवादी नेतृ क्लारा जेट्किनले सन १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउन शुरु गरिएको हो ।
सन्तोष कुमार यादव