३१ औं अन्तर्राष्ट्रिय लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापन
कपिलवस्तु । २०७९ मङ्सिर २६ गते
“सभ्य समाजको पहिचान, लैङ्गिक विरूद्धको अभियान” नाराका साथ ३१औं अन्तर्राष्ट्रिय १६ दिने लैंङ्गिक हिंसा विरूद्धको अभियान २०२२ को मङ्सिर २४ गते समापन भएको छ । जिल्ला समन्वय समिती आयोजना तथा इन्सेक लगायतका सङ्घ संस्थाहरूको समन्वयमा आयोजित कार्यक्रममा लैंङ्गिक हिंसाको अवस्थाका बारेमा गैर सरकारी महासंघका जिल्ला अध्यक्ष प्रविणकुमार श्रीवास्तवले प्रस्तुत गर्नु भएको थियो । दलित सामाजिक बिकास केन्द्रका रामशरण रैदासले लैंङ्गिक हिंसा सम्बन्धि कपिलवस्तु नगरपालिकामा गरिएका चारवटा सर्वेक्षण अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदन माथि सहभागिहरूले किशोरी सहभागिहरूले भारतमा लगेर बाल विवाह गरेमा कानुनी प्रक्रियाका जिज्ञासा राखेका थिए । प्रमुख जिल्ला अधिकार धर्मेन्द्र कुमार मिश्रले बाल बिवाह चुनौतिकोरुपमा रहेको बताउदै लैंङ्गिक हिंसा सर्वेक्षणका तथ्याङ्कमा के कारणले घटना भएको भन्ने कुरालाई पनि समेटनु पर्ने बताउनु भयो ।
लैंगिंक हिंसा पीडितहरुलाई बिभिन्न संघ संस्थाहरुले परामर्श गर्न आवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनु भयो । बाणगंगा नगरपालिकाका उप प्रमुख रिताकुमारी थारुले नगरपालिकाले १६ दिन सम्म बिभिन्न जनचेतना मूलक अभियान , कानुन सम्बन्धि तालिम , प्रथम नगर स्तरिय खुला महिला ब्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न गरिएको बताउनु भयो । कार्यक्रममा लैंगिक हिंसाको क्षेत्रमा काम गर्दै आएका इन्सेक, युएनएफपीए, युएमएन, ओरेक नेपाल, माहुरी होम, साथी, किर्डार्क नेपाल, कालिका, दलित सामाजिक बिकास केन्द्र, दलित महिला संघ , आईएनएफ , इन्द्रेणी , गैसस महा संघलगायतका सङ्घ संस्थालाइ सम्मान गरिएको थियो ।
पार्वती आचार्य