बाग्लुङ । २०७९ मङ्सिर २४ गते

बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले सभ्य समाज निर्माणको लागि घर घरमा हिंसा रहित वातावरण सिर्जना गर्नुपर्ने बताउनु भएको छ। ७४औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा नेपाल मानवअधिकार संगठन,  इन्सेक बागलुङ र सामाजिक विकास कार्यालय बागलुङको सहयोगमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। वास्तविक हिंसा पीडितलाई अभियान र दिवसको बारेमा जानकारी समेत नहुने भन्दै प्रजिअ ढकालले यस्ता कार्यक्रमको बारेमा सबैलाई जानकारी हुनुपर्ने बताउनुभयो।

  

महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको अधिकारको विषय विश्वमै प्रथम प्राथमिकतामा पर्ने भएपनि हाम्रो समाजमा पीडितले सहज अधिकार प्राप्त गर्ने वातावरण अझै नबनेको उहाँको भनाई थियो। प्रजिअ ढकालले पीडितलाई न्याय दिलाउन,  हिंसा हुन नदिनको लागि सबै सचेत हुनुपर्ने बताउनुभयो। बागलुङ बजारको समिट र्‍याली सहित सुरु भएको कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङको प्राङगढमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रम नेपाल मानवअधिकार संगठन बागलुङका अध्यक्ष लक्ष्मी जिसी कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सिर्जना पन्त