कैलाली । २०७९ पुस २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु्दूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा जिल्ला प्रतिनिधिहरुसँग मानव अधिकार अवस्थाका सन्दर्भमा अन्तरक्रिया कार्यक्रम पुस २६ गते धनगढीमा समपन्न भएको छ । मानव अधिकार उल्लङ्घनका पीडितहरुको कानुनी प्रक्रिया र न्यायमा पहुँच अभिबृद्धि गर्न स्दूरपश्चिम प्रदेशका नौ ओटै जिल्ला प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्याक्रम सन्पन्न भएको हो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकारको अभियानमा इन्सेकको छुट्टै पहिचान भएकाले मानव अधिकार उल्लङ्घनका पीडितहरुको कानुनी प्रकृयामा जान र न्यायमा पहँुच पु¥याउन सहयोग गर्दै आइरहेकाले घटनाको सत्यतथ्य अद्यावधिक गर्न आवश्यक रहेको बताउनु भयो । इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाटीले त्रैमासिक रुपमा प्रकाशन हुने मानव अधिकार स्थिति सूचक प्रकाशनले नेपाल मानव अधिकार वर्ष पुस्तकको वार्षिक सम्पादनलाई सहज बनाउने भएकोले यसको निरन्तरतालाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

   

इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिनाले जिल्ला प्रतिनिधिहरुले जिल्लामा सङ्कलन गरिएका घटनाको समयमै अभिलेखिकरण गरी डाटा इन्ट्टी गर्नु पर्ने सुझाव दिनु भयो । उहाँले आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार उल्लङ्घनहरुलाई तथ्यांकमा प्रस्तुत गर्न समस्या हुने भएकोले यी सवालहरुलाई इन्सेक अनलाइन मार्फत प्रकाशन गरी राज्यको ध्यानकर्षण गर्न आवश्यक भएको बाउनु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा प्रलेख अधिकृत कृष्णबहादुर विश्वकार्मा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरुको अभिलेखिकरण तथा डाटा इन्ट्टी गर्ने कार्य समय मै भइरहेको भएपनि पीडित पक्षको न्यायीक प्रक्रियामा गरिएको पहिलदममीहरुको अभिलेखिकरण हुन नसकेकोले यसतर्फ इन्सेक जिल्ला प्रतिनिधिहरुले ध्यान दिन अवाश्यक रहेको बताउनु भयो ।

मैनामोती चौधरी