बाल अधिकार चेतना समूहद्वारा शिक्षाको अधिकार सम्बन्धी सडक नाटक प्रदर्शन

कपिलवस्तु । २०७९ चैत १ गते

कपिलवस्तु नगरपालिका – १ स्थित श्री रत्न राज्य लक्ष्मी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले शिक्षा , स्वास्थ्य , वातावरण तथा लैंगिक विभेदविरूद्ध चैत १ गते  जिल्ला प्रशासन चोकमा सडक नाटक प्रदर्शन गरेको छ । बालबालिकाको अधिकार हनन गर्नु  हुँदैन , बालबालिकालाई शिक्षाको अधिकारबाट वञ्चित गराउन नहुने उमेर नपुगी बिवाह गरिदिने अभिभावकलाई कानुनी कारबाही हुनुपर्ने, लैंगिक विभेद गर्न नहुने  विषयमा नाटक प्रस्तुत गरिएको छ ।

सडक नाटकलाई अवलोकन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सान्दर्भिक बिषयबस्तुलाई समेटेर बनाएको सडक नाटक मार्मिक भएको बताउनु भयो । शिक्षा , स्वास्थ्य , लैंगिक विभेद , वातावरण लगायतका बिषयमा अभियान सञ्चालन गर्दै आएको इन्सेकले विभिन्न सञ्जालहरू गठन गर्दै समाजलाई सचेतीकरण गर्नु अफैंमा महत्वपूर्ण भएको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक दिवाकरप्रसाद चौधरीले बालबालिकाहरूले प्रदर्शन गरेको सडक नाटकले स्थानीय तथा अभिभावकहरू सचेत हुने विश्वास व्यक्त गर्नुभयो । बाल अधिकार चेतना समूहका अध्यक्ष आशिषकुमार रैदासको संयोजकत्वमा १२ जना समूहका टोलीले नाटक प्रदर्शनमा भाग लिएका थिए

पार्वती आचार्य