मानव अधिकार समूहको परिचालन बैठक सम्पन्न
चितवन । २०८० माघ ७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले कालिका नगरपालिका-८ मा गठित मानव अधिकार समूहको आयोजनामा स्थानीय तहमा मानव अधिकार समूहको परिचालन बैठक ०८० माघ ५ गते सम्पन्न भएको छ । उक्त बैठक मानव अधिकार समूहले जातीय विभेद महिला विरुद्ध हुने हिंसा वातावरणीय हकजस्ता विषयमा इन्सेक, स्थानीय सरकार, नेपाल प्रहरी र लक्षित समूहको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा कालिका नगरपालिका-८ का वडा अध्यक्ष चित्र बहादुर मगरले कालिका नगरपालिकाको सम्पुर्ण वडामा मेलमिलाप शाखा भएको र वडा नम्बर ८ जातीय विभेद, महिला विरुद्ध हुने हिंसा न्यून रहेको बताउनु भयो । उहाँले आफ्नो वडामा हिंसा र छुवाछुत छ भन्ने जानकारी भयो भने यस विषयमा आवाज उठाउने बताउनु भयो । वातावरणको हक कर्तव्य जिम्मेवार वातावरण संरक्षण र सन्तुलित राख्नको लागि जिम्मेवार नागरिक बनी सबैले आफ्नो ठाउँबाट सहयोग र कर्तव्य पूरा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा कालिका नगरपालिका-७, जुटपानीस्थित प्रहरी चौकीका इस्स्पेक्टर सालिग्राम पौडेलले कालिका नगरपालिका भित्र इलाका प्रहरी कार्यालय नभएकोले रत्ननगर प्रहरी कार्यालयसँग समन्वय गरी काम गरिरहेको बताउनु भयो । उहाँले प्रहरी चौकीमा जातीय विभेद र महिला विरुद्ध हुने हिंसाका बारेमा अझै सम्म कोही पनि उजुरी दिन नआएको उल्लेख गर्नुभयो । चितवन इन्सेक जिल्ला प्रतिनिधिले सबै समुदायमा मानव अधिकार हननका घटनाहरू भए यसको समाधान गर्न सबै जना एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले इन्सेकले अभिलेख गरेको मानव अधिकार उल्लङ्घनका घटनाहरूको बागरेमा जानकारी दिँदै यसको न्यूनीकरण गर्न सबैले पहल गर्न जरुरी रहेको बताउनु भयो । उक्त कार्यक्रममा प्रहरी, इन्सेक जिल्ला प्रतिनिधि, मानव अधिकार समूहका सदस्यहरू, कालिका नगरपालिकाका कर्मचारी, कालिका नगरपालिका-८ का वडा अध्यक्ष र वडाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
दिपेन्द्र अधिकारी